नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङको घोराही उपमहानगर समितिका सदस्यहरुले सपथ लिएका छन् । पार्टी स्थायी समिति सदस्य एवं प्रदेश इञ्चार्ज शंकर पोख्रेलले सपथ गराउनुभएको हो ।
उपमहानगर समिति अध्यक्ष राममणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोख्रेल र बिशिष्ठ अतिथि जगप्रसाद शर्मा ‘अपार’ प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम सञ्चालन उपमहानगर सचिव विश्वराज आचार्यले गर्नुभएको थियो ।
त्यस्तै तुलसीपुर उपमहानगरमा पनि आजै सपथ ग्रहण भएको छ ।
पार्टी स्थायी समिति सदस्य एवं प्रदेश इञ्चार्ज शंकर पोख्रेलले सपथ गराउनुभएको हो ।
उपमहानगर समिति अध्यक्ष खुशीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोख्रेल र बिशिष्ठ अतिथि जगप्रसाद शर्मा ‘अपार’ प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम सञ्चालन उपमहानगर सचिव माधव ओलीले गर्नुभएको थियो । योसँगै दाङका दश वटै स्थानीय तहमा नेकपाको एकता भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।