• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गठबन्धनका उम्मेदवारलाई भूपू सैनिकहरूको साथ निर्वाचनपछि पाँचै वर्ष गठबन्धनको सरकार : महरा




घोराही / घोराही क्षेत्रमा रहेका सेवानिवृत्त भारतीय सैनिकहरूले दाङ क्षेत्र नं. २ मा गठबन्धनका साझा उम्मेदवारहरूलाई समर्थन गरेका छन्।उनीहरूले गठबन्धनका उम्मेदवारहरूलाई औपचारिक कार्यक्रम गरेर स्वागत गर्दै समर्थन गरेका हुन्।

कार्यक्रम बोल्दै प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराले मंसिर ४ गते पछि पाँचै वर्ष गठबन्धनको सरकार बन्ने बताउनु भयो। उहाँले संविधान रक्षा र मुलुकको आर्थिक समृद्धिका गठबन्धन निर्माण भएकाले जनताले साथ दिने विश्वास गर्नुभयो।
‘यो निर्वाचन क्षेत्रमा रेखा शर्मासहित गठबन्धनका उम्मेदवारहरू विजयको नजिक हुनुहुन्छ,’ महराले भन्नुभयो, ‘दाङको विकासको नेतृत्व पनि गठबन्धनले नै गर्ने छ।’

महराले प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ ओटा निर्वाचन क्षेत्रमा अहिले गठबन्धनका उम्मेदवार एमालेका उम्मेदवारभन्दा निकै अघि भएको बताउनु भयो। उहाँले दाङ निर्वाचन क्षेत्र नं।. २ मा शंकर पोख्रेलभन्दा रेखा शर्माको माहोल निकै राम्रो भएको जानकारी दिनुभयो।

‘मैले एमालेका धेरै नेता कार्यकर्ताहरूलाई पनि भेटेको छु, उहाँहरू पनि अहिले गठबन्धनको पक्षमा देखिनुभएको छ,’ महराले भन्नुभयो, ‘गठबन्धन दलहरू बीच पनि राम्रो एकता देखिएको छ।’ मंसिर ४ गते पछि एमाले पाँचै वर्ष सरकार बाहिर रहने उल्लेख गर्दै महराले गठबन्धनले देशको समृद्धिको नेतृत्व गर्ने धारणा व्यक्त गर्नुभयो। ‘गत स्थानीय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्रका २७ वटा वडाको मत विश्लेषण गर्ने हो भने गठबन्धन निकै अगाडि छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनको बेलाभन्दा अहिले गठबन्धनको एकता थप मजबुत भएको छ।’


एमाले दाङका पुराना तथा इमान्दार नेता कार्यकर्ताहरूमा तीब्र असन्तुष्टि भएको उल्लेख गर्दै महराले त्यो मत गठबन्धनका उम्मेदवारलाई आउने दावी गर्नुभयो । ‘एमालेका साथीहरूले पनि मत हाल्ने देखिएको छ,’ उहाँले भन्नुभयो, ‘प्रतिगमन विरुद्धको गठबन्धनलाई आम जनसमुदायको साथ रहने छ।’

आफू प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिकको कुनै पनि उम्मेदवार नभएको उल्लेख गर्दै महराले नयाँ तथा युवा पुस्तालाई अवसर दिन आफूले त्याग गरेको बताउनु भयो। ‘मैले लामो समय संसदीय र राजकीय भूमिकामा रहेर काम गरेको छु,’ उहाँले भन्नुभयो, ‘अब अरू साथीहरूलाई अवसर दिनुपर्छ भनेर निर्वाचनमा नउठेको हुँ।’

प्रतिनिधि सभा दाङ २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले यो निर्वाचनमा मतदाताले संविधान रक्षा र लोकतन्त्रको पक्षधर शक्तिलाई विजयी गराउने धारणा व्यक्त गर्नुभयो। ‘अहिले केपी ओली, राजेन्द्र लिङ्देन, कमल थापाहरूको गठबन्धन पनि निर्माण भएको छ,’ शर्माले भन्नुभयो, ‘काङ्ग्रेस, माओवादी र एकीकृत समाजवादीको अगुवाइमा गणतन्त्र र संविधानको रक्षा गर्ने शक्तिहरूको गठबन्धन भएको छ।’

उहाँले समृद्ध र स्थायित्व आम जनताको चाहना भएकाले त्यो प्राप्तिका लागि गठबन्धनलाई मतदान गर्ने विश्वास गर्नुभयो। शर्माले एमालेका इमान्दार नेता कार्यकर्ताले पनि गठबन्धनलाई मतदान गर्ने बताउनु भयो। केपी ओली समूहको गुटले पार्टी कब्जा गरेपछि एमालेभित्रका पुराना, इमान्दार र लगनशील कार्यकर्ताहरूमाथि निषेध गर्न थालिएको उहाँको भनाई छ।

‘अहिले एमालेभित्रका सच्चा नेता कार्यकर्ता पाखा लाग्ने र नवप्रवेशीहरूले अवसर पाउने सृजना भएको छ,’ शर्माले भन्नुभयो, ‘केपी गुटले चुनाव जितेको खण्डमा एमालेभित्रका इमान्दार नेता तथा कार्यकर्ताहरूलाई अझ धेरै पाखा लगाउने काम हुनेछ, आफ्नो राजनीतिक भविष्यका लागि भए पनि उनीहरूले हामीलाई मतदान गर्ने छन्।’

प्रदेश सभा दाङ २ ९१० का गठबन्धनका साझा उम्मेदवार राजु खनालले निर्वाचनमा गठबन्धनको जित निश्चित भएको बताउनु भयो।
अध्यक्ष भीमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दाङ जिल्ला सचिव पदम केसीले गर्नुभएको थियो।

Facebook Comments