आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानी सुरु गरेको छ । शुक्रबार आयोगले मतपेटिका, स्वस्तिक लगायत विभिन्न ५७ प्रकारका निर्वाचन सामग्री ढुवानी सुरु गरेको हो।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार सुदूरपश्चिम, कर्णाली र प्रदेश नं १ का कतिपय दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब २३ दिन मात्रै बाँकी रहँदा आयोगले सामग्री पठाउने काम तीव्र रुपमा गरेको पनि जनाएको छ ।
प्रवक्ता पौडेलका अनुसार निर्वाचन सामग्रीहरू जिल्ला निर्वाचन कार्यालयमा पुर्याइसकेपछि निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउने छन् । त्यसपछि मतदान अधिकृतको नेतृत्वमा कतिपय विकट क्षेत्रमा ती सामग्री पठाउनु पर्ने भएकाले सामग्री पठाउने काम शुक्रबार अवेरसम्म हुने पौडेलले बताएका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।