दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नु भएकी माओवादी नेतृ रेखा शर्माले कुन आधारमा हेवी नेता हुने भने प्रश्न गर्नु भएको छ ।
आज आफ्नै निवासमा पत्रकार भेटघाटको क्रममा हेवी नेताको आधार केलाइ मान्ने भनेर प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो- धन सम्पती र पदको आधारमा हुने हो हेवी नेता ? कि पटकपटक संसद विघटन गरेर संविधान उल्लंघन गर्नेहरु हुन हेवी नेता ? संविधान संरक्षणको आधारमा हुने भए आफू पनि हेवी नेता रहेको उहाँले बताउनुभएको छ ।
जो लोकतान्त्रिक, गणतान्त्रिक संविधानको पक्षमा सधै रहेको छ, उ हेवी न भयर संविधान उल्लंघन गर्ने पक्षमा रहने लाई कसिर हेवी नेता भन्न सकिन्छ र ?- शर्माले प्रश्न गर्नुभयो । साथै रेखा शर्माले पत्रकारलाई उल्टो प्रश्न गर्नुभयो- संविधान संरक्षण गर्ने हेवी नेता कि, संविधान उल्लंघ गर्ने हेवी ?
दाङको निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्मा र एमाले महासचिव शंकर पोखरेलबीच प्रतिस्पर्धा हुदैछ ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।