• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘पश्चिम दाङको विकासका लागि गठवन्धन आवश्यक’




देविराम कुसारी
कार्तिक ३, बैंसा (दाङ) पश्चिम दाङकाे समग्र विकासकाे लागि पाँच दलिय गठवन्धन आवश्यक भएकाे गवन्धनका उमेदवारले दावि गरेका छन् ।

पश्चिम दाङकाे बैंसामा भएकाे चुनावि सभालाई सम्वाेधन गर्दै गठ वन्धनका प्रतिनिधि सभा सदस्यका उमेदवार दिपक गिरीले पश्चिम दाङकाे विकासका लागि आफुले विगतमा गरेका विकास निर्माण काम र अरुले गरेकाे कामलाई तुलना गर्न आग्रह गर्नु भएकाे छ । सभालाई सम्वाेधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका गिरीले पश्चिम दाङकाे विकासमा काँग्रेस र माओवादी केन्द्र नै अग्र पंतिमा रहेकाे दावी गर्नुभयाे ।

सभालाई सम्वाेधन गर्दै प्रदेश सभा सदस्य उमेदवार धनबहादुर मास्किले आफुहरु पश्चिमवासी भएका कारण पनि आफुहरुलाई पश्चिम दाङकाे बढी माया हुने र विकासमा हाेमिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

नेपाली काँग्रेस शान्तिनगर ५ का उपसभापती हेमबहादुर वस्नेतकाे अध्यक्षतामा भएकाे सभालाई सम्वाेधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य गेहन्द्र गिरी, निर्वाचन कमिटिका अध्यक्ष कुबेर वली, समाजवादी पार्टिका केन्द्रिय सदस्य अनारकली मियाँले गठवन्धन समयकाे माग भएकाे हुदा गठवन्धनका उमेदावरलाई जिताउन आवश्यक भएकाे वताएका थिए ।

Facebook Comments