• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थीका लागि गुरुकुलको फरक अभ्यास




दाङ,३ कार्तिक । घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रेष कुमाखी बजारमै जन्मिए बजारमै हुर्किए । करीब १३ वर्षीय उनलेे अहिलेसम्म खाना पकाउने,कपडा धुने कामदेखि ग्रामीण जीवनको बारेमा बुझ्ने अबसर पाएका थिएनन् ।तर विद्यालयले दशै-तिहारको अवसर विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ग्रामीण जीवनको ज्ञान गराउने उदेश्यले बगलाचुली गाउँपालिका वडा नम्बर २ को मर्पेसडाडामा क्लोज क्याम्पमा लगेपछि बुझ्ने अवसर प्राप्त गरेको बताए । ` घरमा खाना पकाउने,कपडा धुने काम गरेको थिएन । तर अहिले क्लोज क्याम्पमा साथीहरू मिलेर खाना पकाउनेदेखि आफ्ना कपडा धुने,पकाउनलागि दाउरा,पानी,तरकारी खोजेर पकाउने गरेका छौं´,उनलेे भने,`दैनिक बिहीबारदेखि साझसम्म काम गर्दा समयको महत्त्वसंगै ग्रामीण जिवनलाई नजिकबाट चिन्ने अवसर मिलेको छ ।´

त्यसैगरी विद्यालयकै कक्षा ९ मा अध्ययनरत विद्यार्थी सभेच्क्षा पौडेलले सहरमा बस्ने आफू जस्ता विद्यार्थीका लागि ग्रामीण जीवन बस्नका साथै कस्टकर जीवनको बारेमा बुझ्ने अवसर मिलेको बताइन । उनले ग्रामीण जीवनको महत्त्वसंगै बिहानदेखि साझसम्म कसरी जीवनयापन गरिदो रहिछ भनेर सिक्ने अवसर मिलेको बताइन । त्यसगरी उनलेे क्लोज क्याम्पले दैनिक जीवनको महत्त्वसंगै आफु जस्ता बालबालिकाले ग्रामीण जीवनको परिवेशमा कसरी पढ्दा रहिछ्न भनेर बुझ्ने अबसर मिलेको बताइन् । यसले विद्यालमा सैधान्तिकसंगै व्यवहारिक ज्ञान मिलेको बताइन् । `घरमा एक हप्ताको लागि जङ्गलमा क्लोज क्याम्पमा जानेभन्दा बुबाआमाले मन गर्नुभएको थिएन´,उनलेे भनिन,`तर आफुसंगै सरहरुले भनेको भनेपछि आउन दिनुभयो । अहिले खुशी लागेको छ । ग्रामीण जीवनको बारेमा धेरै बुझ्ने अबसर मिलेको छ ।´ अहिले क्लोज क्याम्पमा २३ जना विद्यार्थीहरुले बिहान ५ बजेदेखि साझ ७ बजेसम्म आफै पकाउने,अध्ययन गर्ने गरिरहेको विद्यालयका शिक्षक विवेक देबकोटाले जानकारी दिएका छन् ।

घोराहीको रतनपुरमा रहेको स्कुलले अहिलेमात्रै नभएर २०७५ सालदेखि प्रत्यक वर्ष बालबालिकाहरुलाई जीवन उपयोगी शिक्षासंगै व्यबहारिक ज्ञानको उदेश्यले क्लोज क्याम गर्दै आएको विद्यालयका सहप्राचार्य मुकुन्द गिरीले जानकारी दिएका छन् । उनका अनुसार असोजको २८ गतेदेखि सुरु भएको क्याम्प कार्तिकको ४ गतेसम्म चल्नेछ । क्याम्पमा विद्यालयका ९ कक्षा अध्ययनरत २३ जना विद्यार्थी,शिक्षक बस्दै आएका छन् ।

त्यस अवसरमा लोटस ग्रुपका दिपेश वली, मेरीगाेल्ड ग्रुपका अनिस अधिकारी,रोज समुहको सभेच्क्षा पौडेललगायतले विद्यालयले आयोजना गरेको क्लोज क्याम्पले विद्यार्थीलाई ग्रामीण जीवनको महत्त्वबारेमा बुझ्ने अवसर मिलेको बताए ।
गुरुकुल एकेडेमीका सह प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बङ्गलाचुली गाउँपालिका २ नम्बर वडाका अध्यक्ष मैते पुन, पत्रकार अमरक्षितिज भण्डारी, नेपाली कांग्रेस बगलाचुली गाउँपालिका सचिव बलदेव मल्ल,बगलाचुली उद्योग बाणिज्य संघका अध्यक्ष रुपप्रसाद पुलामीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण विद्यार्थी सुप्रिया थापाले गरेकी थिइन ।

Facebook Comments