खुमबहादुर सुनार
सुलिचौर, १ कात्तिक । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एंव गठबन्धनका प्रतिनिधिसभाका साँझा प्रत्यक्ष तर्फका उम्मेदवार बर्षमान पुनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पाँच बर्ष अगाडि नै रुखमा मतदान गरि सकेको बताउनुभयो । पुर्वी क्षेत्र क रहेको सुलिचौरमा भएको लोकतान्त्रिक संयुक्त बाम गठबन्धनले सोमबार सुलिचौरमा आयोजना गरेको लोकतान्त्रिक भेलामा बोल्दै उहाँ यस्तो बताउनु भएको थियो ।
तत्काल रहेको माओवादी केन्द्रको नेतृत्वमा नेकपा एमाले र मधेसी जनअधिकार फर्मका दलसँग मिलेर सरकार बनेको थियो । त्यो बेला नेपाली कांग्रेसका केही दलहरूले राम्रो विपक्षमा बसेर हामीले काम गर्ने लगेको बेला खुट्टा तानेका थिए। त्यो समयमा पनि हामीले हाम्रो पार्टीका शिर्ष नेताले फेरि पनि हामीसँग एउटा दल आएर सरकारमा जाने फेरि अर्को दल जाने यति मात्र नभएर आउँने जाने पक्रिया जारी नै थियो । त्यस समयमा निर्वाचन आयोग नआउदै यस्ता समस्यहरूलाई दुख कस्त लिएर हामीले २०७२ को सविधानसभा निर्माण भयो । अहिले पनि नेकपा एमालेका साथीहरूले गठबन्धन राम्रो हाइन भनेर आफुहरू एकलै चुनाव लड्ने सोचेर अगाडि बडेका हुन पुनले बताउनु भयो । यो गठबन्धन आफ्नो स्वार्थको लागि नभएको बताउदै, देशमा लोकतान्त्रिक व्यवस्था शान्ति र संबिधानको रक्षा एंव राजनितिक स्थायित्वको निम्ती भएको समेत बताउनु भएको थियो । रोल्पामा पहिलो पटक कांग्रेस कम्युनिष्ट एक ठाँउमा हुंदा कहि कतै अलि—अलि केही समस्या हुने स्वाभाविक नै हो नेता पुनले यो समस्यालाई सबै गठबन्धनका नेता कार्यकर्ताले सजिल्यै बुझेर गठबन्धको पक्षमा एक भएर लाग्नु पर्ने समेत बताउनु भएको छ ।
यसरी गठबन्धनको अभ्यास गरेको रोल्पामा पहिलो भए पनि देशमा गठबन्धनको अभ्यास गरेर थुप्रै स्थानमा सफल भएको बताउँदै नेता पुनले रोल्पामा पनि यस पटक भएको गठबन्धन पुर्ण रुपमा सफल हुने समेत बताउनु भएको थियो ।
यस भेलालाई सम्बोेधन गर्दै नेकपा माओवादि केन्द्रका स्थायी कमिती सदस्य एंव गठबन्धन रोल्पा प्रदेश सभा १ क का प्रत्यक्ष उम्मेदवार जोख बहादुर महराले गठबन्धन खाली चुनाव जित्नको लागि भएको भनेर नबुझ्न आम आमा बुबा तथा हाम्रो नेता कार्यकर्तालाई आग्रह गर्नु भएको थियो ।अझै पनि देश प्रतिगमनकारीको खतरामा भएको हुनाले नै यो गठबन्धन भएको समेत नेता महराले बताउनु भएको थियो । जसरी भए पनि यश क्षेत्रबाट अगाडि बडाउने जिम्मेवारी तपाईंहरूको हो पनि बताउनु भयो ।
त्यस्तै गठबन्धनको साझा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एंव गठबन्धनका रोल्पा प्रदेश सभा २ ख का प्रत्यक्ष उम्मेदवार अमरसिंह पुनमगरले गठबन्धन दल भित्र बिगतमा भएको गल्ति कम्जोरीलाई सबैले बिर्सिएर गठबन्धनका उम्मेदवारलाई बिजय गराँउनको लागी सबै एक भएर जानु पर्ने बताउनु भएको थियो ।
एउटै पाटीको नाममा पुर्ब र पश्चिमको सार्थि एक भएको उदाहरण दिदै नेता पुनले बिचार फरक भए पनि आखिर सबै रोल्पाली एउटै छिमेकि भएको बताउँदै एकले अर्कालाई खुलेर सहयोग गर्नु पर्ने बताउनु भएको छ । जन्मदै कुनै पनि ब्यति यो वा त्यो बिचार बोकेर नआउने भएको हुनाले आफुले पछि बोकेको बिचारलाई मिश्रण गर्न सक्नुनै ठुलो महान हुने भएको हुनाले सबै ढुक्क भएर गठबन्धनको उम्मेदवारलाई बिजयी गराउनु तर्फ लाग्नु पर्नेमा समेत नेता पुनले जोड दिनु भएको थियो ।
त्यस्तै भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापति एंव प्रतिनिधी सभा तर्फका समानुपातीक उम्मेदवार कृष्ण बहादुर घर्ति मगर यो गठबन्ध सामान्य अवस्थामा नभएको बताउनु भएको थियो । यति खेर गठबन्धन दल भित्रका सबै नेता कार्यकर्ता र शुभचिन्तकले एक पटक गम्भिर भएर यो राष्ट्रको बारेमा सोच्नु पर्ने अवस्थामा आएको समेत बताँउदै नेता घर्तिले कुनै पनि अलमल मा नपरेर आँखा चिम्लेर गठबन्धनको पक्षमा लाग्न गठबन्धनका सबै नेता कार्यकर्तालाई आग्रह समेत गर्नु भएको थियो । कुनै कारण बस गठबन्धनमा कुनै समस्या आएमा देश ठुलो दुर्घतना जाने समेत नेता घर्तिले बताउनु भएको थियो ।
भेलामा नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्य, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रोल्पाका संयोजक गुणेन्द्र घर्ती, नेकपा एकिकृत समाजबादि पाटी रोल्पाका अध्यक्ष टंक बुढामगर, राष्टिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ बिष्ट लगाएत लोकतान्त्रिक संयुक्त बाम गठबन्धनका नेता कार्यकर्ताहरुको भेलामा सहभागिता रहेको थियो ।
नेकपा माओबादी केन्द्र प्रदेश सभा १ क का अध्यक्ष एंव नेकपा माओबादी केन्द्रको तर्फ बाट प्रतिनिधी सभामा समानुपातीक उम्मेदवार आशबहादुर पुनमगरको अध्यक्षतामा भएको भेलाको संचालन नेपाली कांग्रेस प्रदेश सभा १ क का क्षेत्रीय सभापति दुर्गा बहादुर खड्काले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।