हिमाल शर्मा असोज २४ सल्यान ।
सल्यानमा गठबन्धन विरुद्ध काङ्ग्रेसले संघ र प्रदेश क मा स्वतन्त्र उम्मेदवारी दिएको छ । नेपाली काङ्ग्रेस का पूर्वशिक्षा राज्य शिक्षामन्त्री तथा कांग्रेसका नेता राजेन्द्र बहादुर शाहले प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवारी दिएका छन्। २०७४ सालको निर्वाचनमा शाह बाम गठबन्धनका उम्मेदवार टेक बहादुर बस्नेत सग १० हजार मतको फरकले बस्नेत सग पराजित भएका थिए ।
उनले सामाजिक संजाल मार्फत नेपाली काङ्ग्रेस पार्टी परित्याग गरेको घोषण गारेर आफ्नो उम्मेदवारी दिएका हुन । शाहले सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनको समूहबाट प्रदेश सभा (क) मा कांग्रेस कर्णाली प्रदेश सह-महामन्त्री एकराज डाँगीले पनि उम्मेदवारी दिएका छन् । २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार गुलाबजङ शाह सग पराजित भएका हुन । शाह २०५४ को आमनिर्वाचनपछि शिक्षा राज्यमन्त्री भएका थिए ।
सल्यानमा कांग्रेस ठूलो दल भए पनि अन्य दललाई दिइएको भन्दै रुष्ट कांग्रेसको एक समूहले स्वतन्त्र उम्मेदवारी दिएको हो । सल्यानमा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा एकीकृत समाजवादीका प्रकाश ज्वाला, प्रदेश सभा (क) मा माओवादीका भीमप्रकाश शर्मा र प्रदेश सभा (ख) मा कांग्रेसका सुरेश अधिकारीले उम्मेदवारी दिएका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

