सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
मनोनयन दर्ताको अघिल्लो पत्रकार सम्मेलन गरेर सापकोटाले उम्मेदवारी नदिने घोषणाा गरेका हुन् ।
सापकोटाले २०६४, २०७० मा संविधानसभा सदस्य रहेका सापकोटा २०७४ मा सिन्धुपाल्चोक २ बाट चुनाव जितेका थिए । यो पटक पनि उनी आकांक्षी थिए ।
सत्ता गठबन्धनमा भएको यो क्षेत्र कांग्रेसको भागमा परेको छ । सिन्धुपाल्चोक १ भने माओवादीले पाएको छ ।
यसअघि माओवादी आन्दोलनबाट आएका शीर्ष नेता डा. बाबुराम भट्टराई र पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पनि चुनाव नलड्ने घोषणा गरिसक्नुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।