• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लगातारको वर्षाले लमहीमा तीन घर भत्किए




शिवु खनाल
देउखुरी, २० असोज

दाङमा लगातार वर्षा भइरहेको छ । वर्षा रोकिएको छैन, लगातारको वर्षाका कारण लमहीका विभिन्न स्थानमा तीन घर भत्किएका छन् ।

वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले अविरल वर्षाका कारण लमहीमा तीनवटा खरले छाएका कच्ची घर भत्किएको जानकारी दिनुभयो । वर्षातका कारण पालिका जोड्ने सडकहरूमा हिलोको समस्या उस्तै छ भने कतिपय स्थानहरू भत्किएका छन् ।

वर्षाका कारण लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर निवासी लिला श्रेष्ठ, सोही वडा उचानिम्बु निवासी कमल कुमारी चौधरी र लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी निशा कुमालको घर पूर्णरुपमा भत्किएको शाखा प्रमुख गायत्री थापाले बताउनुभयो । उहाँका अनुसार घर भत्किएर पूर्णरुपमा क्षति भएको छ । घर भत्किएपछि स्थानीयहरू आफन्तकोमा बसेका छन् ।

लमही नगरपालिकाद्वारा स्थलगत निरीक्षण
लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी र वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले वर्षाका कारण क्षति भएका घरहरु स्थलगत निरिक्षण एवम् अनुगमन गर्नुभएको छ ।

लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले राहत वितरणमा ढिलाइ नहुने बताउनुभयो । वर्षातका कारण भत्किएका जनताका घरहरु पुनःनिर्माण हुनुपर्छ । त्यसको लागि लमही नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । हामीबाट कुनै ढिलाइ हुदैँन ढुक्क हुनुहोस्, उहाँले भन्नुभयो,–। ‘क्षति भएको घरको प्रहरी मुचुल्का र वडाको सिफारिस लिएर आउनुस् । हामी कामको प्रक्रिया तत्कालै अगाडि बढाउँछाँै । त्यसपछि राहत दिन्छौँ ।’

यता लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगीले स्थानीय विपद् व्यवस्थापन समितिको बैठले मुचुल्काको आधारमा क्षति भएअनुसार नगरपालिकाबाट क्षतिपूर्ति दिने बताउनुभयो ।

त्यसैगरी वातावरण सरसफाई तथा विपद व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले क्षतिको विवरण संकलन भएको बताउनुभयो । उहाँका अनुसार क्षतिको विवरण भने आउन सकेको छैन ।

Facebook Comments