शिवु खनाल
देउखुरी, २१ असाेज
तीन दिनदेखि लगातार परेको वर्षाका कारण महेन्द्र राजमार्ग लमही काेहलपुर सडक अवरुद्ध छ ।
लमही नगरपालिका वडा नम्बर ९ च्याउखाेला भन्ने स्थानमा हिजोदेखि पहिरो खसिरहेकाले बाटो अवरुद्ध भएको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ कपिलवस्तु दाङका प्रमुख अरविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
सडकमाथिबाट लेदोसहितको पहिरो निरन्तर खसिरहेको छ । पहिरो हटाउन डोजर परिचालन गरे पनि पहिरो खस्न नछाडेको उहाँले बताउनुभयो ।
पहिरो सडकमा थुप्रिएकाले हटाउन समस्या भएको छ । ‘पहिरो हटाएको एकैछिनमा फेरि खस्छ । पहिरो खस्दा जोखिम भयो । राजमार्ग अवरुद्ध हुदा दर्जनभन्दा बढि सवारीसाधन अलपत्र अवस्थामा छन् ।।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।