सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सम्पर्क कार्यलय:
घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected] विज्ञापनका लागि 9809855403
यसरी गँड्यौलाबाट गँड्यौले कम्पोस्ट मल बनाइ फाइदा लिन सकिन्छ
१६ आश्विन २०७९, सोमबार
श्रवण कुमार यादव दाङ -१७, असोज।
नेपालमा कृषकले बाली लगाउने समयमा रासायनिक मल र खाद नपाउने समस्या विगत लामो समयदेखि भोग्दै आएकोले समस्या समाधानतर्फ सजिलै विकल्पहरू देखिन्छ। गँड्यौलाबाट गँड्यौले कम्पोस्ट मल बनाइ फाइदा लिन सकिन्छ। खेतबारीबाट छ्वाली, ढोड, फलफुलका बोक्रा र तरकारीका बोट तथा पात प्राप्त हुन्छन् यी वस्तु टिनको बाकस, काठको बाकस वा माटाका भाँडामा तह तह बनाएर राखिन्छ ।
त्यसमा गड्यौला राखी बनाएको मललाई गँड्यौले मल भनिन्छ । यो कम्पोस्ट मल बनाउने नयाँ प्रविधि हो । यस तरिकाबाट उत्पादन हुने मललाई भर्मी कम्पोष्टिङ भनिन्छ । गंड्यौलाहरू विभिन्न थरीका हुन्छन् । तिनीहरूको आकार, प्रकार, रङ, स्वभाव आदि समेत फरक हुन्छ । युलिस, युजिनी र आइसिनिया फोइटिटा जातका गड्यौला जमिनको माथिल्लो तह अर्थात् माटाको सतहमा बस्छन् ।
अन्य जातका गँड्यौला माटामा प्वाल पारी भित्र रहन्छन् । गँड्यौलाले ९० प्रतिशत माटो र १० प्रतिशत प्राङ्गारिक पदार्थ खाने गर्छन् । त्यस कारण यी दुवै जात पालेर गँड्यौले कम्पोस्ट मल बनाउन सकिन्छ १. निम्न तरिका प्रयोग गरी गँड्यौले मल बनाउन सकिन्छ : (क) थुप्रो पारेर गँड्यौले मल बनाउने तरिका:- एक टन कम्पोस्ट मल बनाउनका लागि गोबर तीन भाग, झार पातहरू एक भाग र पराल, ढोड, छ्वाली एक भाग जम्मा गर्नुपर्छ । त्यसलाई राम्रोसँग भिजाएर थुप्रो बनाउनुपर्छ । थुप्रो तातेर सेलाएपछि प्रतिवर्ग क्युबिक फिटका दरले २०० ओटाका दरले गँड्यौला राख्नुपर्छ ।
करिब दुई महिनामा प्रतिक्युबिक फिटमा ६०० जति गँड्यौलाहरू बदल्छन् र गँड्यौले मल तयार हुन्छ । (ख) खाडल खनेर मल बनाउने तरिका:- यस तरिकामा १० x ६ x २ फिट क्रमशः लम्बाइ, चौडाइ र गहिराइ भएको खाडल खन्नुपर्छ । उक्त खाडलमा करिब आधा भाग गाईवस्तुको मल, सोत्तर, झारपात, छ्वाली र पराल मिलाउनुपर्छ । राखिएका वस्तु खुकुलो पारेर गँड्यौला बस्ने वासस्थान बनाउनुपर्छ त्यसैमा प्रतिक्युबिक फिटको दरले २०० ओटा गँड्यौला राख्नुपर्छ । यस्तो मल तयार गर्दा खाडलको लम्बाइ र चौडाइ आवश्यकताअनुरूप घटबढ गर्न सकिन्छ । (ग) ट्याङ्की बनाएर मल बनाउने तरिका:- यसका लागि १० x ६ x ३ फिटको खाडल बनाउनुपर्छ ।
जमिनको पिँधमा इँटा र ढुङ्गा राखी ट्याङ्की बनाउनुपर्छ । यसको पहिलो तहमा राम्रोसँग गलेको गोबर, मल र सोत्तर राख्नुपर्छ । त्यसपछि तह तह गरी गलेको कम्पोस्ट बनाउन उपयोगी हुने वस्तु राख्नुपर्छ । यसरी मिलाएको ठाउँमा प्रति क्युबिक फिटका दरले २०० ओटा गँड्यौला राखिदिनुपर्छ । त्यहाँ बेला बेलामा पानी छर्कनुपर्छ । त्यहाँ रहेका वस्तु ९० प्रतिशतसम्म कुहिएपछि पानी छर्कन छोड्नुपर्छ । मल बनेपछि छानेर मल र गँड्यौला छुट्याउनुपर्छ । २. गँड्यौले मलको फाइदा गँड्यौले मलका फाइदालाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ : (क) यो मल कालो, गन्धविहीन र बुरबुराउँदो हुन्छ ।
(ख) यसमा साधारण कम्पोस्ट मलभन्दा खाद्य तत्त्वहरू बढी रूपमा पाइन्छ । (ग) यो मलमा पानी सोस्ने गुण बढी हुन्छ, जसले भू-क्षय कम गर्न सक्छ । (घ) यो मल खेतका झारपातहरू र घरेलु फोहोरबाट बन्ने हुँदा वातावरण सफा हुन्छ । (ङ) गँड्यौला बढी उत्पादन भएमा हाँस, कुखुरा आदिको आहारा बनाउन सकिन्छ । (च) यस मलमा विषालु तत्त्व र अनावश्यक बिउ पाइँदैन ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।