• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सविन प्रियासनको दशै कोसेली ‘जुन लाई’ गित सार्वजनिक हुदै




दाङ, १६ असोज    रवि ओड र मेलिन राईको आवाजमा रहेको ‘जुन लाई’ बोलको गित सार्वजनिक गर्ने तयारी गरिएको छ ।

गितको भिडियोलाई बडा दशै २०७९ का अवसरमा असोज १६ गते फुलपातीका दिन साझ ५ बजे क्यापिटल एक औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिदै छ । धेरै उपन्यास लेख्ने पत्रकारका रुपमा चिनिएका दाङका सविन प्रियासनको शब्द तथा पुरुषोत्तम न्यौपानेको लयमा तयार पारिएको गितको छायाङ्कनको काम सकिएपछि भिडियोसहितको गित सार्वजनिकको तयारी गरिएको छ ।

सविन प्रियासनको आठौ गितका रुपमा यो गितलाई सार्वजनिक गरिदै छ । प्रियासन भन्नुहुन्छ,–‘ गितमा हाम्रो टिमको राम्रो मेहनत परेको छ । हामीले गितको शब्द लेखनदेखि लिएर गायकी र भिडियो पनि श्रोता तथा दर्शकले रुचाउने खालको बनाएका छौँ । त्यसैले श्रोता तथा दर्शकले हाम्रो गितलाई मन पराउनेमा हामी ढुक्क छौँ ।’

गितको भिडियोमा मुख्य पात्रका रुपमा नवप्रतिभा सुनिल गौतम र दिपा मगरलाई प्रस्तुत गरिएको छ । साथमा राष्ट्रिय हास्य ब्यङ्य कलाकार कमल गाउँलेको अभिनयले गितको भिडियोलाई झनै सुन्दर बनाएको छ । गितको निर्देशन तथा कथाबस्तु लेखन सौरभ रेग्मीले गर्नु भएको हो भने कोरियोग्राफिमा राहुल पौडेल विश्वकर्मा साथ दिनुभएको छ । गितका निर्देशक रेग्मीका अनुसार गितमा सबै दृष्यहरु गाउँले परिवेशका समेटिएका छन् ।

मायाँ पे्रमको विषयलाई समेटिएको गितमा दाङका विभिन्न स्थानहरुलाई देखाईएको छ । जसमा घोराहीको घोर्दाैरा, सवारीकोट, कर्जाही ड्यामलगाएतका अन्य स्थानका सुन्दर दृष्यहरुलाई भिडियोमा कैद गरिएको छ । जुनलाई गितको कथाबस्तुमै आधारित रहेर यसपछि पनि अर्काे भाग आउने गितका निर्देशक रेग्मीले जानकारी दिनुभयो ।

Facebook Comments