• ५ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रवीन्द्र मिश्रको दस्तावेज विवेकशील साझा पार्टीद्वारा खारेज




विवेकशील साझा पार्टीले तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको विचारभन्दा माथि देश दस्तावेजलाई घातक भन्दै खारेज गरेको छ । विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले मिश्रले अघि सारेको उक्त दस्तावेज विवादास्पद भएको भन्दै खारेज गरेको प्रकाशचन्द्र परियारले जानकारी दिए ।

विवेकशील साझाको शुक्रबार अध्यक्ष समीक्षा बाँस्कोटाको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले तत्कालीन अध्यक्ष मिश्रले अघि सारेको उक्त दस्तावेजकै कारण पार्टीभित्र तीव्र राजनीतिक असहमति सुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिसन प्रत्युत्पादक भएको निष्कर्ष निकालेको छ । उक्त निष्कर्षसँगै मिश्रको दस्तावेज खारेज गरिएको हो ।

मिश्रले दस्तावेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी सबै प्रकारको समस्याको समाधान गर्न अग्रसर हुने निर्णय भएको पनि परियारले जानकारी दिए ।

विवेकशील साझा पार्टी केन्द्रीय समितिमा रहेर पार्टी हित विपरीतको गतिविधिमा प्रत्यक्ष संलग्न रहेका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय पनि भएको परियारले जानकारी दिए । उनीहरूमाथि आवश्यक कदम चाल्ने पनि विवेकशील साझाले निर्णय गरेको छ ।

तत्कालीन अध्यक्ष मिश्रसँग असन्तुष्ट रहेर पार्टीबाट राजीनामा दिई स्वतन्त्र बसेका नेताहरूलाई पुनः सक्रिय हुन पनि विवेकशील साझा पार्टीले आग्रह गरेको छ । बैठकले पार्टीभित्र देखा परेको वैचारिक असहमतिका कारण विगत देखिनै राजीनामा दिएका, असन्तुष्ट भएर निष्क्रिय रहेका र वैचारिक संघर्षमा सम्मिलित सम्पूर्ण नेता तथा सदस्यहरूलाई विवादास्पद र घातक दस्तावेज विचारभन्दा माथि देशु खारेज गरिसकिएकाले पार्टीमा पुनस् सक्रिय हुन, पार्टी निर्माणसँगै आसन्न निर्वाचनमा होमिन हार्दिक अपिल गरेको छ, परियारले भने ।

Facebook Comments