• ५ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर दाङको बैठक, पालिका शाखाहरुलाई सशक्त बनाइने




प्रेस सेन्टर दाङको विस्तारित बैठक सम्पन्न भएको छ । सो अवसरमा मंसिर ४ गते हुने निर्वाचनका सन्दर्भमा प्रेसको परिचालन, संगठनमा सदस्यहरुको अवस्था, पालिकास्तरमा संगठनले खेल्ने भूमिका लगायतका विषयमा छलफल गरिएको थियो ।

प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्माको अध्यक्षता तथा पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्नेहरुले पत्रकारिता पेशा आफैमा संवेदनशील भएकाले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा प्रमुख अतिथि शर्माले पत्रकार समाजको ऐना भएकाले स्वतन्त्र र जिम्मेवार भई काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले देशमा भइरहेका विभिन्न भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरु बढ्दै गएको बताउँदै यस्ता विषयमा पत्रकारहरु निष्पक्ष भई काम गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गरेको समयमा पत्रकारहरु बढी जिम्मेवार र नैतिकवान बन्नुपर्ने बताउनुभयो ।

सो अवसरमा नेकपा माओवादी केन्द्र दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यलगायतले बोल्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जीएम, अनुशासन आयोग प्रमुख नरेन्द्र केसी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य लक्ष्मी आचार्यलगायतको उपस्थिति थियो । कार्यक्रममा जिल्लाका विभिन्न पालिका संगठनका प्रतिनिधिहरुको सहभागिता थियो । प्रेस सेन्टर नेपाल दाङका उपाध्यक्ष राकेश बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव जनक नेपालीले गर्नुभएको थियो ।

Facebook Comments