• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्वास्थ्य पत्रकारिता पुरस्कार खड्कालाई




तुलसीपुर उपमहानगरपालिका निवासी बसन्त आचार्यले आफ्नी दिंवगत श्रीमती पार्वता आचार्यको स्मृतिमा नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापना गर्नुभएको ‘पार्वता आचार्य स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार २०७५’ बाट पहिलो पटक जिल्लामा लामो समय देखि स्वास्थय तथा सरसफाईका क्षेत्रमा कलम चलाइरहनुभएका नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य तथा युगबोध राष्ट्रिय दैनिकमा कार्यरत क्रियाशिल पत्रकार गोविन्द खड्कालाई सम्मान गरिने भएको छ ।

महासंघ दाङ शाखाले पुरस्कार खड्कालाई प्रदान गर्ने निर्णय गरेको सचिव भुपेन्द्र ओलीले जानकारी दिनुभयो ।

यो पुरस्कार दिंवगत आचार्यको पहिलो स्मृति दिवसका अवसरमा चैत ७ गते बिहिबार तुलसीपुर उपमहानगरपालिकाको हलमा बिहान ७ः३० बजे एक कार्यक्रमका बिच प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो ।

Facebook Comments