विभिन्न पर्यटकीय स्थल, धार्मिक स्थल र कृषिको लागि अति नै प्रख्यात भएतापनि त्यसको प्रचारप्रसार तथा सबैतिर विस्तारको परिचय दिनपनि निकै कठिन भइरहेको छ ।
विकासको निम्ती कोही लागि नपरेको भन्ने पनि छैन्, सरकारको उच्च पदस्थमा जानुभएका माननीयज्यु, प्रदेश सरकार सम्हालिराख्नु भएका माननियज्यु खै अहिलेसम के गर्नु भएको छ सल्यानको लागि ? मेरो प्रश्न तथा सम्पूर्ण सल्यानीवासीको यस्तो प्रश्न कहिले सम्म……?
सल्यानबाटै गएको राप्ती राजमार्ग, विभिन्न गाँउहरुमा विद्युत विस्तार, सरकारी शिक्षालयमा व्यवस्थित पठनपाठन, खानेपानी, सिचाई, कृषि, कृषकको उचित मुल्याङ्कन, बजार व्यवस्थापन तथा स्वास्थक्षेत्र कहिले सुधार होला। वर्षेनी चाडवाडको समयमा समाचारको सिकार बन्ने सल्यान आखिर कहिलेसम्म सुन्नुपर्ने यस्तो, बरु नयाँ निर्माण गनुपर्ने भन्दा भएको तथा विग्रिएका विकासका संरचनाहरू निर्माणमा ध्यान दिने कि।
बिकासका लागि कयौ सम्भावना छन् यहाँ तर पनि तर सरकार तथा सरोकारवालाहरुले नै चासो नदिएका कारण हामी निकै पछाडी परिरहेका छौ । त्यसैले समाज, क्षेत्र, जिल्ला, प्रदेश हुँदै एउटा सम्पन्न राष्ट्र बन्नको लागि सर्वप्रथम आ-आफ्नै ठाँउबाट कदम अगाडि बढाए मात्रै कल्पनाको एउटा नाम सल्यान अवश्य बन्ने छ। त्यसैले विकासको निमित्त सरोकारवालाको ध्यान आवश्यक ठाँउमा केन्द्रित होस् सबैको चाहना यहि छ । छिट्टै बनोस् अनि समुन्नत बनोस् हाम्रो सल्यान ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।