निराजन सिर्पाली
रुकुम पुर्व / दसैं तिहार नजिकिँदै गर्दा सबैमा हर्ष र उमंगका साथ खुशी छाई रहेको छ । तर देश भररहेका अस्पतालहरुमा भर्ना भएका बिरामी र घरपरिवारहरुमा भने दसैं तिहार आएको कुनै अनुभूति नै छैन् ।
त्यस्तै मध्ये रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ निवासी रुद्रवहादुर विकको परिवार पनि एक हो । रुद्रवहादुर विक विगत केहि महिनादेखि मृगौलामा समस्या देखा परेपछि टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्छ ।
यस अघिपनि मिर्गौलामा पत्थरी भएको भन्दै अप्रेसन गरिएको थियो तर स्वास्थ्यमा खासै सुधार नआएपछि विक फेरि टिचिङ अस्पतालमा भर्ना हुनुभएको छ । अहिले फेरि एउटा मृगौला अस्पतालले निकाल्ने भनेपछि मृगौला निकाल्न र औषधि उपचार गर्न धेरै पैसा लाग्ने भएपछि सबैलाई सहयोग गरि जीवन बचाई दिन घर परिवारले सहयोगी भावना भएको सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई अपिल गरेको छ ।
यो भन्दा अगाडिको अप्रेसनमा पनि धेरै व्यक्तित्वहरुले सहयोग गर्नु भएको थियो विकले भन्नुभयो सहयोग गर्ने सबैलाई मनै देखि धन्यवाद दिदै फेरि सबैमा सहयोग गरि मेरो जीवन बचाईदिन आग्रह गर्दछु ।
विक पुर्व सिस्ने गाउँपालिका दलित मनोनीत सदस्य हुनुहुन्छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।