कमल खड्का
होलेरी, ११ असोज । रोल्पाको रुन्टीगढी गाउँपालिकाले होलेरीमा रहेको बैंक मार्फत बितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता ९ नम्बर वडा कार्यालयबाट वितरण कार्य सम्पन्न गरेको छ । राष्ट्रिय बाणिज्य बैंक होलेरीका प्रबन्धकको नेतृत्वमा गएको टोलिद्वारा सोमबार वडा नम्बर ९ को कार्यालयबाट सो भत्ता वितरण भएको हो ।
गाउँगाउँबाट होलेरी आएर सामाजिक सुरक्षा भत्ता बुझ्ने समस्यालाई मध्यनजर गर्दै रुन्टीगढी गाउँपालिका र राष्ट्रिय वाणिज्य बैंक होलेरी शाखाको समन्वयमा वडा कार्यालयमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कामको सुरुवात भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले अब यसैगरी रुन्टीगढी गाउँपालिकाको सबै वडाबाट क्रमश सामाजिक सुरक्षा भत्ता वितरण हुने बताउनु भएको छ ।
वडाबाटै भत्ता वितरण गर्दा लाभ ग्राहीलाई निकै सहज भएको सामाजिक सुरक्षा भत्ता बुझ्न आएका लाभग्राहीले बताएका छन् । सेवाग्राहीले वडाबाटै सामाजिक सुरक्षा भत्ता बितरण भएपछि अबदेखि बैंकमा जानुपर्ने बाध्यता हटेको भन्दै खुसी ब्यक्त समेत गरेका थिए ।
रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगी, वडा ९ का वडा अध्यक्ष चेतलाल खत्री, बैंक कर्मचारी , सुरक्षाकर्मी ,समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।