रुपन्देही / हाँस्य टेलिश्रृखंला ‘अति भो’ युवाहरुमाझ लोकपृय बन्दै गइरहेको छ। हाँस्यव्यङ्यको माध्यमबाट समाजमा रहेका कुरीतिहरुलाई हटाउने र मनोरन्जन दिने उद्देश्यका साथ शुरु भएको यो टेलिसिरियलले आफ्नो प्रशारणको एक सय १७ भाग पूरा गरेको निर्देशक सुरज खनालले बताए ।
टेलिसिरियल अतिभो ले कमेडी सँगसँगै समाज सुधारका कथामा केआधारित रहेर निर्माण गरिएको उनले बताए । यो सिरियल हरेक आइतबार राती ८ः५० बजे नेपाल टेलिभिजन अनि ९ः३० मा मिडिया हब अफिसियल युटुब च्यानलबाट प्रशारण हुँदै आएको छ।
सुरज खनालले निर्देशन गर्दै आएको टेलिसिरियलमा कलाकार रियाशा दाहाल, सुरज खनाल, शर्मिला शर्मा,सोभाखर खनाल, रिता सिवाकोटी,युबराज तिमल्सिना, सुबु शाही,सुमन खनाल, धनराम मुस्कान ,अजय रेग्मी,रेसम बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन् ।
यो सिरियलको छायांकन दिलिप बिष्टले गर्दै आएका छन् भने,सम्पादन रबिन भट्ट, अशोक चौधरी अनि नमिता चालिसेले गर्दै आएका छन् । त्यसैगरी सिरियलको लेखन सुरज खनाल र ओकेश पनेरुले गर्छन् भने टेलिश्रृखंलालाई मिडिया हब प्रालिले प्रस्तुत गर्दै आएको छ।
हाँस्यव्यङ्य क्षेत्रमा प्रतिष्ठित कलाकारहरुलाई समेटेर ११७ अंक पूरा गरिसकेको यो सिरियललाई दर्शकले धेरै माया गरेकै कारण आफूहरुलाई थप उत्साह आएको र बजारदेखि ग्रामीण सबैले मन पराएको कलाकार शोभाखर खनालले बताए । उनले दर्शकको सुझावका आधारमा हरेक अंकमा नयाँ सन्देश दिनेगरी निर्माण गरिएको बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।