परिक्षा दिन पस्नेहरुको जस्तै रहर र उत्सुकता फागुन २४ गते घोराहीको पतञ्जली हल भित्र छिर्नेहरुमा देखिन्थ्यो । त्यो लहरमा विद्यार्थी होईन गोरखा पब्लीक इन्टरनेश्नल स्कुल घोराहीमा अध्ययनत बच्चाका अभिवावकहरु थिए ।
मञ्चमा उभियो नै सबैलाई झर्लक्क देख्न सकिने, प्रति ध्वनी नआउने, विचमा कुनै अबरोध नभएको भब्य पतञ्जलीको हल अभिवावकले भरिएको थियो । तपाईले मलाई पुरै सुन्नुभयो भने बच्चालाई सुधार्न सक्नु हुनेछ । आधा मात्रै सुन्नुभयो भने अन्यौलमा पर्नुहुनेछ, सुन्दै सुन्नुभएन भने आएको व्यर्थ हुनेछ भनेर प्रमुख प्रशिक्षक मनोविज्ञ डा शुसिल कँडेलले ध्यान खिच्नुभयो ।
यो शुरुवात हो, धेरै समस्या भएकालाई व्यक्तिगत रुपमा चिठि लेखेरै विद्यालयमा बोलाउने छौँ । बच्चाको समस्या थाह भएपछि उससंग छलफल गर्न शिक्षकहरुलाई पनि सजिलो हुनेछ । शिक्षकलाई पनि कस्तो स्वभावको बच्चा संग कुन व्यवहार गर्ने भनेर तालिम दिनेछौँ भनेर गोरखा ग्रुपका प्रमुख कार्यकारी निर्देशक नवल सिं जिएमले उद्देश्य प्रष्ट पार्नुभयोे ।
एक दिनमा २९ सय वच्चालाई हेर्न भ्याएको अनुभुति सहित प्रशिक्षकले आफ्नो कक्षा शुरु गर्नुभयो । जन्मीदा कोहि बच्चा कोहि जस्तो हुँदैन । तँ फलानो जस्तो भईनस भनेर दबाब दिने काम कहिल्यै नगर्नुहोला । उ जे हो त्यहि बन्ने बातावरण बनाईदिनुहोला । ईच्छा बेगरेकोे दबाबले अल्छी बनाउँछ, हातमा पसीना आउँछ । यसरी डा कँडेलले आफ्ना कुरा राख्नुभयो ।
उहाँले थप्दैजानुभयो, बच्चाको चिन्ता हरबखत गर्ने आफ्नो चिन्ता नगर्ने, आफुले गल्ती गरेको स्विकार कहिल्यै नगर्ने बरु दोष उसैमा थुपार्न खोज्ने चलन छ । मेरो बच्चाले सोचेजस्तो पढेन, जानेन, फलानोको जस्तो नम्बर ल्याएन यस्तै यस्तै कुराले अभिवाववक बोझीला हुनछन् । त्यसको असरले विद्यालयमा गएर वा पुस्तक फिंजेर बस्ने नबुझ्ने समस्या आउँछ । बच्चाको साथी बनेर उससंग दिनमा न्युनतम २० मिनेट बिताउने समय कसै संग छैन । त्यसले गर्दा बच्चाको अन्तरंग कुरा थाहै हुँदैन । उसको वास्तवीक समस्या र चाहना अभिवावकले बुझेकै छैन । यसरी डाक्टरले भनिरहँदा झनै ध्यानले सुने ।
घरको खाना खान मन नगर्ने समस्या छ, हो ? डा कँडेलको प्रश्न गर्नुभयो, सिंगै हलले एक श्वरमा हो, भनेर जवाफ दियो । हामि सबैले बच्चालाई टिफिन पैसा दिने गरेका छौँ हो ? त्यसमा पनि हो भनेर हाँस्दै सहमति जनायो । अनि तँ आउनेहोस् कि म त्यहिँ आउँ भनेर थर्काउनु हुन्छ ? झन् हा हा हा हो हो गर्दै लगभग उपस्थित जति सबैले हाँसेर सहमति जनाए । पैसा खर्च गर्न प्रेरित नगर्नुस् । घरकै खाना बनाएर टिफिन दिनुस् । तपाई फेसवुक, सिरियल अन्य काममा व्यस्त हुने अल्छी लागेको छ पैसा लैजा भनेर विगार्नुभएको छ । घरको खाना लेजाने अनिवार्य गर्नुस् । यसरी सुझावमुलक मन्तव्य राख्नुभयो ।
बच्चालाई दबाब दिएर आफु प्रेसरमा नपर्नुस् । उसलाई स्कुलले दिएको होमवर्कको प्रेसर भारी भएको हुन्छ, तपाई होमवर्क गर, पढ भनेर थप्नुहुन्छ । त्यो भारीले आफु के बन्ने भन्ने भनि सोच्ने मौकै पाउँदैन । यसो भनिरहँदा डाक्टरले धेरैलाई गल्ती गरेको महशुस गराउनुभयो । हल शान्त बन्यो । आफु तनावमा रहेपछि बच्चा त्यसै तर्सिन्छ । चुकुल लगाएर लुक्छ । एकान्तमा साथिहरु संग कुलतमा लाग्न रमाउँछ । ध्यान पुस्तकमा हुँदैन, फिंज्ने मात्रै हो ।
एउटा चीजमा धेरै समय ध्यान दिएर बस्न नसक्ने, चाहिने भन्दा बढि चक चके अस्थिर स्वभावको बच्चा छ ? उहाँले सोध्नुभयो, त्यसतो बच्चाले आफ्ना कुरा बताउन नसक्ने, झिंजीने, स्थीर भएर बस्न नजान्ने, शरीर पाटे अल्छी हुने तर दिमाग सामान्य भन्दा ८७ प्रतिशत बढि चल्ने हुन्छ । शौचालय वाथरुममा धेरै वेर वितायो भनेपनि समस्या आयो भन्ने अनुमान गर्नुस् । कँडेलले यसरी भनीरहँदा मेरै बच्चालाई भन्नुभयो जस्तै धेरैलाई महशुस गराउनुभयो । बच्चाको बानी व्यहोराका बारेमा धेरैले घोत्लीएको हुनुपर्छ, निकै गम्भिर थिए ।
त्यसपछि केहि बेर प्रश्नउत्तर को खुला सत्र शुरु भयो । अधिकांश आमाहरुले बच्चाको चिन्ता गर्दै प्रश्न गर्नुभयो । एक जना आमा उठेर भन्नुभयो, सँधै डिफरेन्ट चिज बनाएर राखि दिन्छु टिफिन लिन आउनै मान्दैन । जति मिठो भएपनि लिन आउँदै आउँदैन के भा को होला ? पढ भन्छौ पढ्दैन जिद्दिगर्छ ।
त्यसको जवाफमा डाक्टरले टाउको जोडेर सबै आमाले सल्लाह गर्नुस भोली बाट कसैले पनि टिफिनमा पैसा नदिने । तपाईलाई सिरीयल, फेसवुकले समात्छ अल्छी लाग्छ । अनि पैसा दिएर पठाउन सजिलो मान्नुहुन्छ । अर्को खतरनाक बानी ईस्र्या गर्नेछ । त्यसले २० लगेको छ म ३० रुपैयाँ दिन्छु भनेर प्रतिस्पर्धा गर्नुहुन्छ । एक अर्काविच समन्वय हुँदै हुन्न, यसले सबैलाई विगारेको छ । छोरीका अगाडि लिपिष्टक र क्रिम नलगाउनुस् । छोरीहरुलाइ हिल नदिनुस् । त्यो एउटा अग्लो अर्को होँचो हुन्छ सद्दे मान्छेलाई पनि बाङगो देखाउँछ ।
समस्याहरु थपिँदै गए । विहान ७ देखि ९ साँझ ७ देखि १० बजे सम्म टाईम टेवल बनाएको छ । त्यहि पनि पढाइमा ध्यान दिएको जस्तो लाग्दैन । किताव पल्टाउने, लेख्ने तर ध्यान नहुने कारण के होला ? मेरो बच्चा सातमा पढ्छ टाईममा उठ्दै उठ्दैन, उठाउनै पर्छ, उठेपनि पढ्दैन । मेरो नातिनी नास्ता खाँदा खाँदै पनि टिभि हेर्छे । टिभिमा बहुतै आदत भयो ।
होमवर्क पनि टिभि हेर्दै गर्छे, कसरी हटाउने ? यो सुनेर पुरै हलका सहभागि हाँसे । मेरो छोरा विहान तिन बजे उठ्छ , टिउसन पढ्न जान्छ । घरमा हुँदा किताव फिंज्छ पढ्न मन पटकै गर्र्दैन । पढ्ने चिन्ता लाग्छ भन्छ, पढ्दैन । तर साँझ बाुवुले पढाउन लाग्दा पटकै मुन्टो फर्कान्न । मेरो बच्चा आठमा पढ्छ पढ भन्दा हाँस्छ जे भन्दा पनि हाँस्छ । पढ्दै पढ्दैन । डिप्रेसन हो कि ? मेरो छोरा सातमा पढ्छ टियुसन पढिरहन्छ, कमजोर छ । मार्कस राम्रो आउँदैन । यसरी अभिवावकले बोलिरहँदा एक जना शिक्षकले थप्नुभयो, जुन विद्यार्थी वर्षभरी टिउसन पढ्छ खर्च पनि उसको बढि हुन्छ र नम्बर पनि कम ल्याउँछ । म टिउसन विरोधी हुँ । हलभरकिा मान्छेलाई मन परेछ गललल हाँसे ।
त्यसपछि डा को जवाफ दिनेपालो थियो । यति फलफुल खानैपर्छ भनेर धेरै दिए तपाई के गर्नुहुन्छ ? सकिएको खानुहुन्छ टन्न भएपछि छोडेर भाग्नुहुन्छ । त्यहि हो । विहानै टिउसन देखि राति सम्म स्कुल व्यस्त हुन्छ । घरमा पुगेपछि होमवर्क गर भनेर उसलाई बोझ थपिदिनुहुन्छ । यति जवाफ दिनेवित्तीकै धेरैका जिज्ञासा सामसुम भए । बच्चाको जिन्दगी विगार्नु भन्दा आँखामा पाँच मिनेट आँशु बग्न दिनुस् । मोवाईल दिँदै नदिनुस् । टिभि बन्द गरीदिनुस् । मोवाईल टिभि ल्यापटप उसका लागि बनेका हुँदै होईनन् । तिनले १२ नपढे सम्म काम छैन । स्कुलले सबैलाई वरावर पढाएको हो । बरु उनिहरुले कति बुझे, घरको वातावरण म्यानेज गर्नुस् । पढेको पढ्यौ, लेखेको लेख्यै गरेर एकैदिनमा पिएचडि गर्ने हो ? किताव समातेर वस्नु वेष्ट अफ टाइम हो । किचेनमा बोलाउनुस, काम गर्न लगाउनुस । आईज बाबु÷नानी भन्नुस्, जा बाबु पढ म खाना बनाउँछु कहिल्यै नभन्नुस् ।
जन्मीदा अप्रेसन गरेर अस्पतालमा धेरै रोएको बच्चा स्वभावैले नर्मल डेलीभरीको भन्दा तेजीलो हुन्छ । क्षमतावान हुन्छ । जती जोडले रुन्छ त्यति फोक्सोको सबै भाग फुलीन्छ । स्वासलाई पम्प गर्छ र दिमाग सम्म पुग्छ । त्यसले तिक्ष्ण दिमागको बनाउँछ भनेर डाक्टरले कारण दिनुभयो । त्यसवाहेक बाबु आमाको उचित माया । बच्चाले घरमा पाउने साथि संगी जस्तैको व्यवहार । उसलाई समाजमा घोलमेल बनाउने । खुला ठाउँमा सबैले देख्ने गरी बस्न र पढ्न लगाउने । एक्लै कोठामा बसेर गलत अभ्यास गर्न नदिने ।
शिक्षक, विद्यार्थी र अभिवावकको त्रिकोणात्मक संबन्ध हुन्छ भनेपटि भुमिका धेरैलाई थाह थिएन । गोरखाले सबैको भुमिका किटान गरेको छ । नयाँ अभ्यास थालेको छ । जसलाई अभिवावकले रुचाएका छन् । सबै विद्यालयमा यस्तै कार्यक्रम गर्नुहोला भनेर सुझाव दिनेहरु धेरै थिए । गम्भिर देखिने त्यति बोल्न नरुचाउने प्रमुख कार्यकारी निर्देशक नवल जिएमको मिसन भिजन शिक्षा क्षेत्रमा निकै आक्रामक देखिएको छ । त्यसै विद्यालयका शिक्षक वसन्त पुन लागु औषध बिरुद्धको अभियानमा सकृय रहेर पनि विद्यालयकै प्रचार भएको छ । विभिन्न क्षेत्रका विज्ञहरुको सम्पर्क सम्वन्ध विकसीत भएको छ । प्रिन्सीपल मानसिं जिएमको मिलनसार र समन्वयकारी भुमिकाका कारण पहिलो पटक अभिवावक कक्षा सफल भयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।