खुमबहादुर सुनार
लिवाङ, २८ भदौ । चाडपर्व नजिकिएसँगै रोल्पा जिल्लाको सदरमुकाममा बजार अनुगमन मंगलबारदेखि सुरु गरिएको छ । अनुगमनको पहिलो दिनमै व्यापारीले आफ्नो पसलको अगाडि मुल्य सुचि नराख्ने र म्याद सकिएका खाद्यान्न राख्ने ४ व्यापारीलार्इ जरिवाना गरिएको छ ।
रोल्पा नगरपालिका वडा नम्बर ४ मा दुई व्यापारीलाई र वडा नम्बर २ मा २ व्यापारीलाई जरिवाना गरिएको हो ।
उद्योग वाणिज्य समिति उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय र पत्रकारको समन्वयमा पसलमा अनुगमन गरेको छ । त्यस क्रममा खरीद बिल नदेखाउने, अनुगमन कार्यमा असहयोग गर्ने र मूल्य सूची नराख्ने पसललाई जरिवाना गरिएको वाणिज्य, अनुगमन समितिले जानकारी दिए ।
उनका अनुसार मूल्य सूची नराख्ने रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित सोनु थापा स्टोर्सलाई १०००० दस हजार जरिवाना गरिएको छ । यसै वडा स्थित शिवालय निकै पिर्जा सप्लायर्समा म्याद सकेको पिय पदार्थ राखेको हुर्दा १०००० दस हजार जरिमाना गरिएको ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।