• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालयको नाममा जग्गा प्राप्तिका लागि पहल गर्छुः सभामुख महरा




तुलसीपुर स्थित गुरुजजुर नमुना माविले आफ्नो बिद्यालयको विभिन्न समस्याहरु दर्साउदै सभामुख कृष्णबहादुर महरामसमक्ष ज्ञापन पत्र पेश गरेको छ ।

विद्यालयका शिक्षक गोपाल बुढाथोकी सहीतको टोलिले सभामुख महरालाई शनिवार भेट गरि विद्यालयमा विद्यमान विभिन्न खालका समस्याहरु समाधान गरीदिन माग गरेको हो ।

दाङको तुलसीपुर क्षेत्रको सरकारी स्तरको अब्बल दर्जाको विद्यालय मानिने गुरुजजुर मावि रक्षाचौरमा विद्यालयको जमिन विद्यालयको नाममा नभएको , विद्यालय प्राङ्गणमा हाइटेन्सन, स्तरीय कम्प्युटर ल्याव नभएकाले सबै समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गर्दै सभामुख समक्ष अनुरोध गरेका हुन् ।

हाल दाङ जिल्लाको नमुना विद्यालयको रुपमा स्थापित गुरुजजुर नमुना विद्यालय भएपनि विद्यालय भवन रहेको जमिन विद्यालयको नाममा नरहेको र विद्यालयको प्राङ्गणमै विद्युतको हाइटेन्सन भएर नमुना विद्यालयलाई प्रदान गरीएको करौडौ रुपैँयाको बजेटले भौतिक संरचना निर्माण गर्न नपाएकाले बिकराल समस्या उत्पन्न भएको शिक्षक बुढाथोकीको भनाइ थियो
जवाफमा सभामुख महराले विद्यालयमा भएका सबै खाले समस्या समाधानका लागी पहल गर्ने आश्वासन दिए ।

Facebook Comments