• ५ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेम दाङमा विद्यार्थीलाई शैक्षिक परामर्श तथा अभिमुखीकरण




घोराही, २६ भदौ । दाङको घोराहीमा रहेको नेम दाङले विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले घोराहीको भिंग्रेली भिलेजमा शनिबार एक कार्यक्रमको आयोजना गरी कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई प्री मेडिकल तथा प्री इन्जिनियरिङको तयारी विषयमा अभिमुखीकरण सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै रसायनशास्त्रका शिक्षक दीपक दाहालले अहिलेको प्रतिस्पर्धात्मक समयमा मेडिकल तथा इन्जिनियरिङको प्रवेश परीक्षा पास गर्नका लागि कक्षा १२ देखिनै तयारी कक्षा लिनुपर्ने र यसै विषयलाई मध्यनजर गर्दै नेम दाङले यही भदौ २६ गते आइतबारदेखि नै चार महिनाको प्री मेडिकल र प्री इन्जिनियरिङको सीमित सिटमा कक्षा संचालन गर्न लागेको बताए । उनले विद्यार्थीहरुका लागि १ महिना कक्षा १२ को वोर्ड परीक्षा तयारी विशेष कमाण्डो कक्षा जोड्ने भएकोले नेम दाङको यस शैक्षिक प्याकेजबाट फाइदा लिन विद्यार्थी तथा अभिभावकहरुलाई अनुरोध समेत गरे ।

सुलभ शुल्कमा नेम दाङलेमात्र प्रीमेडिकल र प्रीइन्जिनियरिङको कक्षा संचालन गर्ने भएकोले उद्देश्यप्राप्तिका लागि विद्यार्थी नेम दाङमै जोडिएनुपर्ने संस्थाका अध्यक्ष दाहालको भनाइ छ ।

नेम दाङका अध्यक्ष दीपक दाहालको अध्यक्षता एवं सिनियर शिक्षक थम्मन बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकोमा शिक्षक तथा विद्याहरुको सहभागिता रहेको थियो ।

शिक्षक बासुदेव खत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण दीपक जिसीले गरेका थिए ।

Facebook Comments