नेकपा माओवादी केन्द्रका युवा नेता जंग रोकाको अगुवाई घोराही १९ नयाँ वस्तीका बासिन्दाले श्रमदान गरेका छन् ।
बर्षाको कारणले यातायात दैनिकी आवजातमा असजिलो भएपछि उनीहरुले श्रमदान गरेका हुन् ।
सरकारको मुख मात्रै ताक्नुभन्दा आफ्नो क्षेत्रको सक्ने जति विकास निर्माणका काम जनता आफैले गर्नुपर्छ भन्ने मान्यताका साथ श्रमदान गरिएको अखिल क्रान्तिकारी केन्द्रीय सदस्यसमेत रहेका रोकाले बताउनुभयो ।
उहाँले वडाभरि नै आवश्यताअनुसार समय तालिका बनाएर हरेक महिनाको एक शनिवार सामूहिक श्रम अभियान सञ्चालन गर्ने सोंच रहेको बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।