• ५ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
असोज १३ देखि कार्तिक १३ सम्म दशैं विदा गर्ने प्याब्सन घोराहीको निर्णय




खडग शर्मा
प्याब्सन घोराही नगर समितीको भेला आज घोराहिमा सम्पन्न भएको छ । भेलाले घोराही नगर भित्रका बिद्यालय दशै तिहार बिदा असोज १३ देखि कार्तिक १३ सम्म गर्ने निर्णय गरेको छ ।

प्याब्सन घोराही नगर अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षता तथा प्याब्सन दाङका सल्लाहाकार बिनय कुमार मिश्रको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।

भेलाले बिध्यार्थी भर्ना गर्दा अनिवार्य सर्टिफिकेट लिने ब्यब्स्था गर्ने , असोज ८ गते दशै मिलन तथा बनभोज कार्यक्रम गर्ने लगाएका निर्णय गरेको छ ।कार्यक्रमका बक्ताहरुले बिद्यालयले शुल्क घटाउनु भन्दा गुनस्तर बढाउनमा ध्यान दिनु पर्नेमा जोड दिएका थिय ।

बिध्यालयमा एकरुपता ल्याउन समय समयमा बिषयगत शिक्षकको भेला राखी अनुभव आदानप्रदान गर्नु पर्ने बताएका थिय । कार्यक्रममा प्याब्सन दाङका सचिब आदिम के सि, सदस्य निमानन्द गैरे लगाएतले मन्तव्य ब्यक्त गरेका थिय । कार्यक्रमको सहजिकरन प्याब्सन घोराही समितिका सचिब बालकृष्ण ओलीले गर्नुभएको थियो ।

Facebook Comments