• ५ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी कर्णाली प्रदेश अध्यक्षको प्रतिबद्धता– म अहिले शासकीय पदमा जान्न, पार्टी चलाउँछु




नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसी आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको चुनाव नलडने बताउनुभएको छ ।

नेपालमा नेता जति उम्मेदवार बन्ने र शासकीय पदमै जाने तर पार्टी सञ्चालनतिर ध्यान नदिने प्रवृत्ति बढेको भन्दै उहाँले आफूले यसलाई सच्याउन सहयोग होस् भनेर यसपटक कुनै पनि तहको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको बताउनुभयो । ‘गत बर्षको मंसिरमा हाम्रो पार्टीको प्रदेश सम्मेलन भएको थियो’– उहाँले भन्नुभयो– ‘मैले त्यतिबेलै घोषणा गरेको थिएँ– पार्टीको प्रदेश अध्यक्ष रहँदासम्म कुनै शासकीय पदमा जाने छैन र पूर्णरुपमा पार्टी सञ्चालन गर्ने छु । अहिले त्यही प्रतिबद्धताअनुसार मैले कुनै पनि तहको उम्मेदवार नबन्ने निर्णय गरेकी छु ।’

पार्टीले सरकार चलाउनेभन्दा पनि सरकारले पार्टी चलाउने गतल प्रवृत्ति रोक्न आफूले यस्तो निर्णय लिएको अध्यक्ष केसीले बताउनुभयो । ‘हाम्रो राजनीति र समाज यस्तो भइसक्यो कि चुनाव नलड्नेभन्दा यसले टिकट पाइन होला भनेर खिसिट्यूरी गर्छन्’– उहाँले भन्नुभयो– ‘म चाहेको अवस्थामा टिकट नपाउने होइन, यसपटक प्रदेशसभा सदस्य बनेर मुख्यमन्त्री बन्नसक्ने संभावना अझै छ तर म यो कार्यकाल पार्टी चलाउँछु र अर्कोपटक मुख्यमन्त्रीको तयारी गर्छु भन्ने पूर्वप्रतिबद्धतामा अडिग छु ।’

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय चलाइसक्नुभएका केसीले एउटै व्यक्ति दुइपटक समानुपातिकमा जानुहुन्न भन्ने धारणा पनि आफूले नै बहसमा ल्याएको र कर्णालीमा यसका लागि छ बँुदे मापदण्ड नै पारित गरिसकेको बताउनुभयो । आफू प्रदेश अध्यक्षमा निर्वाचित भइसकेपछि कुनै नेताको जोडकोणमा भन्दा पनि पार्टीलाई पूर्ण संस्थागत प्रणालीमा लैजाने अभ्यास थालेको बताउँदै कर्णालीको यो अभियानले पार्टी केन्द्रलाई पनि थप दबाब र प्रेरणा हुने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments