नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमले प्रतिनिससभा सदस्यका लागि सात जनालाई समानुपातिकतर्फ सिफारिस गरेको छ । जसमा बुद्धिप्रसाद शर्मा, नरबहादुर पुन, कलबहादुर नाथ, प्रेमकुमारी सुनार, इन्दीरा विएम, गणेश बिक र प्रेमा शाही रहनुभएको छ ।
त्यस्तै प्रदेशसभातर्फ मिलन खड्का, ॠषिप्रसाद शर्मा, लक्ष्मी पुन, झक्कुप्रसाद घर्ती, निमबहादुर बुढाथोकी, गीता नेपाली र लालबहादुर सिर्पाली गरी सात जनालाई समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरिएको माओवादी केन्द्र रुकुमपश्चिमका संयोजक गोविन्द रोका ‘सचिन’ले जानकारी दिनुभयो ।
प्रत्यक्षतर्फ संघमा जनार्दन शर्मा ‘प्रभाकर’ तथा प्रदेशसभा १ मा महेन्द्र केसी र प्रदेशसभा २ मा राजकुमार शर्माको नाम सिफारिस गरिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।