गोरखा इन्टरनेशल पब्लिक स्कुल घोराही दाङमा कक्षा ११ का नयाँ विद्यार्थीहरुका लागि अभिमुखीकरण तथा योग कक्षा प्रशिक्षण सम्पन्न भएको छ ।
बिज्ञानतर्फ कक्षा ११ मा भएका नयाँ विद्यार्थीका लागि कार्यक्रम भएको हो।
यो गुरु रबिन्द्र बस्नेतले योग तथा ध्यान, बिज्ञान र गोरखा ग्रुपको बारेमा गोरखा ग्रुपमा एकेडेमिक डाइरेक्टर दुर्गा केसी, बिज्ञान कोर्डिनेटर स्वतन्त्र हमालले पाठ्यक्रम र मूल्यांकन तथा गोरखा आइडल स्कुल भालुबाङका प्रधानाध्यापक बसन्त पुनले लागू पदार्थ नियन्त्रणसम्बधी प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम समापन गर्दै गोरखा मावि घोराहीका प्राचार्य मानसिङ घर्ती मगरले सबैलाई धन्यवाद दिनुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।