योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) घोराहीको चौथो भेला सम्पन्न भएको छ ।
भेलाले केही पदाधिकारी फेरबदल गरेको छ । जसअनुसार उपाध्यक्षको जिम्मा राम केसी, बलजीत दमाई र नेत्रमणि डिसीलाई दिएको छ भने सचिवको जिम्मा खेमराज शर्मालाई दिएको छ । त्यस्तै सहसचिवको जिम्मा हरि डिसी, निरज चौधरी र कोषाध्यक्षको जिम्मा मिनेन्द्र गिरीलाई दिएको छ ।
संगठनका नगर अध्यक्ष कुशल बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि माओवादी केन्द्र दाङ जिल्ला सचिव विश्वराज आचार्यले मुलुकमा सुशासन र भ्रष्टाचार मुक्त बनाउन वाइसीएलले अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले समाजमा रहेको व्याप्त लागू ओैषध दुर्व्यसनी तथा कुप्रथा अन्त्यका लागि वाइसीलले कदम चाल्ने आचार्यले धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा बिशिष्ठ अतिथि वाइसीएल दाङका अध्यक्ष माधव बुढाथोकी, माओवादी केन्द्र घोराहीका अध्यक्ष रमेश ओली ‘राजन’ अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जंग रोका, प्रेस सेन्टर नेपालका दाङ जिल्ला इञ्चार्ज प्रकाश चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।