राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा शिक्षातर्फ आफ्नो विद्यार्थी जिल्ला प्रथम भएको ज्ञानसिन्धु मावि घोराहीले दाबी गरेको छ ।
आफ्नो विद्यालयकी विद्यार्थी मनिषा खड्काले ३.४५ जीपिएसहित शिक्षातर्फ दाङ जिल्ला प्रथम भएको विद्यालयका कक्षा ११–१२ का संयोजक तिलक अधिकारीले जानकारी दिनुभयो ।
आफ्नो बिद्यालयबाट शिक्षातर्फ जिल्ला प्रथम भएको र ब्यवस्थापन संकायमा एक जना ए प्लससहित दुबै समूहमा राम्रो नतिजा प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
ब्यवस्थापन समूहका बलबहादुर बाँठा ३.६२ जीपिएसहित विद्यालयमा उत्कृष्ट भएका छन् । यसअघिका आन्तरिक मूल्यांकनमा पनि बाँठा र खड्काले विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको उहाँले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।