नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले २ वर्ष भित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै घिसिङले आन्तरिक खपत बढाएर पनि मुलुकमा पाँच वर्षपछि वार्षिक रुपमा दुई खर्बको विद्युत निर्यात गर्ने योजना रहेको पनि बताए ।
प्रबन्ध निर्देशक घिसिङले भने,‘दुई वर्षपछि हामी विद्युतमा आत्मनिर्भर हुन्छौं । मैले भनिराखेको छु–पाँच वर्षपछि हामी वार्षिक दुई खर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्छौं । त्यो आन्तरिक खपत बढाएर हो । आन्तरिक खपत बढाउनका लागि जनचेतनाको अभिवृद्धि र पूर्वाधार विकासमा हामीले जोड दिएका छौं ।’
प्रबन्ध निर्देशक घिसिङले विद्युतको खपत बढाउन जनचेतनाको अभिवृद्धि गर्ने र पूर्वाधार विकासमा जोड दिइएको समेत बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।