• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पानी शुद्धिकरण गर्न खानेपानी टयाङकीमा क्लोरीन





मदन वि.सी/रुकुमकोट

रुकुमकोटका दुई ठुला टयाङकीमा क्लोरनि राखिएको छ । सिस्ने गाउँपालिका र युनिसिएफको सहयोगमा ५ र ६ नम्बर वडाका दुई टयाङकीमा क्लोरिन राखिएको हो ।

५ नम्बर वडाको मैदानमा रहेको पुरानो खानेपानी टयाङकी र ६ नम्बर वडा स्थित लुष्पामा रहेको खानेपानी टयाङकीमा क्लोरिन राखिएको छ । दुई वटै टयाङकी एक लाख भन्दा बढि क्षमताका हुन । यि टयाङकीबाट रुकुमकोट उपत्यकाका विभिन्न स्थानमा खानेपानी वितरण भइरहेको छ ।

बर्खाको समयमा शुद्ध पानिको मुहान अन्य ठाउँबाट आउने दुषित पानीको मिश्रणबाट प्रदुषित हुने हुदाँ त्यसको नियन्त्रण गर्न पानि शुद्धिकरणको उपाए अपनाएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । हामिले प्रयोग गर्ने पानीका मुहान हेर्दा शुद्ध देखिन्छन छन उहाँले भन्नुयो तर बर्खाको भेलका कारण पानि प्रदुषित पनि हुन सक्छ ।

पानिमा भएका किटानु नष्ट गरि नागरिकका घरमा सफा पानी वितरण गर्न क्लोरिनको प्रयोग सुरु गरिएको अध्यक्ष रेग्मीले बताउनु भएको छ ।

पानीबाट ८० प्रतिशत रोगहरु फैलिने तथ्यलाई ध्यानमा राखि पानी शुद्धिकरणको विधि उपनाइएको उपाध्यक्ष गोपाल रेउलेले बताउनुभयो । पानीलाई संक्रमित गर्न सक्ने सूक्ष्मजीवहरू हटाउन र पानीमा भएका किटानु मार्न क्लोरीनले सहयोग गर्ने उहाँको भनाई छ । तत्काल परिक्षणको रुपमा दुई टयाङकीमा मात्र राखिएको क्लोरीन भोलीका दिनमा अन्य टयाङकीमा पनि राख्ने गाउँपालिकाले जनाएको छ । क्लोरीन राख्ने तरिकाको विषयमा दुवै वडाका प्राविधिकलाई पनि सिकाइएको छ । खानेपानी प्राविधिकले प्रत्येक हप्ता टयाङकीमा क्लोरीनको प्रयोग गर्ने छन ।

खानेपानी टयाङकीमा पानी शुद्धिकरण गर्ने विधि अपनाएको भएपनि धाराको पानी सफा कपडाले छानेर प्रयोग गर्न र उमालेको पानी मात्र पिउन गाउँपालिका उपाध्यक्ष रेउलेले सवैमा अनुरोध गर्नुभएको छ ।

केहि हप्ता अघि मात्र गाउँपालिकाको सहयोगमा लुष्पाको पानीमा युनिसिएफले गरेको परिक्षणको क्रममा हैजानको जीवानु भेटिएको थियो ।

Facebook Comments