प्रेस सेन्टर नेपाल घोराही शाखा दाङको आयोजना एक दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
शाखा अध्यक्ष सन्तोष डाँगीको अध्यक्षता र संगठनका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्माको प्रमुख आतिथ्यमा तालिम उद्घाटन गरिएको थियो । हरेक महिनाको शनिवार फरक फरक बिधामा तालिम सञ्चालन गर्ने निर्णयअनुसार आधारभूत तालिमबाट शुरुवात गरिएको प्रेस सेन्टर घोराही शाखाले जनाएको छ ।
तालिममा उपाध्यक्ष शर्माले जनपक्षीय पत्रकारिताको अवधारणा, केन्द्रीय अनुशासन आयोग प्रमुख नरेन्द्र केसीले पत्रकारिताको अवधारणा र समाचार लेखन, केन्द्रीय सदस्य लक्ष्मी आचार्यले लैंगिक संवेदनशीलता र प्रदेश महासचिव भुपेन्द्र ओलीले शब्द संयोजन र बाक्य गठनसम्बन्धी तालिम दिनुभएको थियो ।
उपाध्यक्ष हेमराज परिवर्तनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव आभास बुढाथोकीले गर्नुभएको थियो ।
जिल्लाबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ ।
शाखाले कार्यक्रम आयोजना गरी प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्मा, केन्द्रीय अनुशासन आयोगका प्रमुख नरेन्द्र केसी, केन्द्रीय सदस्य लक्ष्मी आचार्य र केन्द्रीय अनुसन्धान आयोग सदस्य पुरन शर्मालाई सम्मान गरेको हो ।
संगठनका प्रदेश महासचिव भुपेन्द्र ओली, जिल्ला अध्यक्ष पाण्डव शर्मा, घोराही शाखा अध्यक्ष सन्तोष डाँगीलगायतले सम्मान गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।