प्रेस सेन्टर नेपाल घोराही शाखा दाङले जिल्लाबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ ।
शाखाले कार्यक्रम आयोजना गरी प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्मा, केन्द्रीय अनुशासन आयोगका प्रमुख नरेन्द्र केसी, केन्द्रीय सदस्य लक्ष्मी आचार्य र केन्द्रीय अनुसन्धान आयोग सदस्य पुरन शर्मालाई सम्मान गरेको हो ।
संगठनका प्रदेश महासचिव भुपेन्द्र ओली, जिल्ला अध्यक्ष पाण्डव शर्मा, घोराही शाखा अध्यक्ष सन्तोष डाँगीलगायतले सम्मान गर्नुभएको थियो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।