नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गंगादेव गाउँ कमिटीको बैठक सम्पन्न भएको छ ।
गाउँ कमिटी उपाध्यक्ष बिजय घर्तिको अध्यक्षता, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र पुन ‘सिजल’को प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य एवम् जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यको बिशिस्ट आतिथ्यता, लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष वीरबहादुर खत्री, माओवादी केन्द्र जिल्ला समिति सयोजक गुनेन्द्र घर्ती बिज्ञान, निवर्तमान जिल्ला सदस्य रामबहादुर वली, अखिल क्रान्तिकारी रोल्पाका अशोक वली परिवर्तनलगायतको उपस्थितिमा बैठक भएको हो ।
बैठकले गंगादेव गाउपालिका रोल्पामा छाँया सरकार बनाउने र माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीको सर्कुलर र जिल्ला समन्वय समितिको सर्कुलर निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
गंगादेवमा कार्यरत करार कर्मचारीलाई काङ्ग्रेस नेतृत्वको स्थानीय सरकारले हटाउनु, प्रमुख प्रशासकीयको क्षेत्राधिकारलाइ मिचेर बिना कारण हटाउनु गैरन्यायिक र बदलाब रहेको निष्कर्ष निकाल्दै बैठकले बिरोध गर्ने निर्णय गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।