• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बन्दको बहाना र बिमा पाउने आशामा यसरी लगाइयो आफ्नै टिप्परमा आगो




जिल्ला प्रहरी कार्यालय दाङले बन्दको बहानामा आफ्नै टिप्परमा आगो लगाउने टिप्पर मालिक, चालक र सहचालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुइरेपानीस्थित बबइखोलाको पुल नजिक गोग्लीबाट लमहीतर्फ जादै गरेको रा १ ख १६९४ नम्बरको खाली टिप्परमा आगजानी भएको थियो ।

नेपाल बन्दको क्रममा टिप्पर जलेकाले शुरुमा बन्दकर्ताले जलाएको अनुमान गरिए पनि अनुसन्धान गर्दा टिप्पर धनिकै निर्देशनमा चालक र सहचालकले जलाएको खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले टिप्पर धनि जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ बस्ने बर्ष ४३ को धनेश्वर भण्डारी, दाङ राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरिया निवासी ३२ बर्षका चालक अरुण चौधरी र दाङ गढवा गाउँपालिका ७ चन्दनपुर निवासी १७ बर्षे सहचालक आकाश चौधरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुविरुद्ध मुलुकी अपराध (संहिता) २०७४ अन्तरगत आपराधिक लाभ तथा आगजनी गरेको अपराध आकर्षित भएको हुदा सोही बमोजिम अनुसन्धान कार्य अगााडि बढाइएको दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।

यस्तो छ प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष

प्रहरीका अनुसार एक्कासी नाम थर वतन नखुलेका बन्दकर्ताहरुले चालक तथा सहचालक समेतलाई टिप्परबाट तल झारी उक्त टिप्परमा आगजनी गरी फरार भएको भन्ने जानकारी प्राप्त पश्चात उक्त स्थानमा प्रहरी चौकी गोग्ली दाङका प्रनानि बत्तिकुमार पोख्रेलको कमाण्डमा ३ जना र वडा प्रहरी कार्यालय घोराही दाङबाट प्रनि गजेन्द्रबहादुर शाहीको कमाण्डमा ७ जनाको टोली दमकलसहित उक्त स्थानमा खटिई गई आगो नियन्त्रणमा लिई उक्त टिप्परका धनि, सवारी चालक र सहचालक समेतलाई सोधपुछको लागि यस कार्यालयमा ल्याइएकोमा प्रारम्भिक अनुसन्धान पश्चात उक्त टिप्परका धनि धनेश्वर भण्डारी स्वयंले टिप्पर पुरानो भइ जीर्ण भइसकेकोले बिमा दाबीका लागि उक्त टिप्परमा आगो लगाउन चालक अरूण चौधरीलाई निर्देशन दिएकोले चालक अरूण चौधरी र सहचालक आकाश चौधरी समेतले उक्त टिप्परमा डिजेल खन्याई आगो लगाएको खुल्न आएकोले निज धनेश्वर भण्डारी, अरूण चौधरी र आकाश चौधरीलाई पक्राउ गरी निजहरू उपर आपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता भई अनुसन्धान कार्य जारी रहेको ।

Facebook Comments