• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अध्यक्षद्वय ओली र प्रचण्डको प्रतिवेदन पेश, गौतमले ल्याए छुट्टै प्रतिवेदन




धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी नेकपा स्थायी समितिको बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले संयुक्त राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आजै विहान बसेको केन्द्रीय सचिवालयको बैठकमा समेत छलफल भएको थियो। सो प्रतिवेदनमा स्थायी समितिले निर्णय गर्नुपर्ने विषयबस्तु उल्लेख छन्।

केन्द्रीय सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई बताए अनुसार राजनीतिक प्रतिवेदनमा सांगठनिक एकतालाई पूर्णता दिने विषय, पार्टी सञ्चालन र सरकारको समीक्षाको विषय छन्।

यसैगरी आगामी कार्यभारको विषय समेत त्यही प्रतिवेदनमा अन्तरनिहित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्। ‘प्रतिवेदनमाथि छलफल हुँदा सांगठनिक एकिकरणको टुङ्गो, पार्टी सञ्चालन सरकारको समीक्षा हुनेछ’ श्रेष्ठले भने, ‘यसै आधारमा आगामी कार्यभार विषयमा आवस्यक निर्णय गर्नेछ।’
बैठकमा शीर्ष नेता वामदेव गौतमले छुट्टै प्रतिवेदन पेश गरेका छन्।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेको राजनीतिक प्रतिवेदनको विकल्पमा गौतमले छुट्टै प्रतिवेदन पेश गरेका हुन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमले प्रतिवेदनले अध्यक्षद्वयको प्रतिवेदनलाई परिमार्जन गर्न सघाउ पुर्‍याउने बताए।

Facebook Comments