घोराही, ४ भदौ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङ घोराही उपमहानगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । संगठनको आयोजनामा शनिबार घोराहीमा सम्पन्न भएको सम्मेलनले खुम रिजाल अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा हिमाल वली, सचिवमा नविन केसी, सह-सचिवमा विपना थापा र कोषाध्यक्षमा प्रकाश पुन लगायत रहेका छन् ।
”शैक्षिक विकृति , विसंगति , ब्यापारीकरण र माफियाकरण विरुद्ध हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा प्राप्तिका लागि दोस्रो नगर सम्मेलन ” भन्ने मुल नारासहित शुरुभएको घोराही उपमहानगरको दोस्रो नगर सम्मेलनका प्रमुख अतिथि नेकपा दाङ जिल्ला कार्यलय सदस्य एवं घोराही नगर इन्चार्ज निर्मल , बिशेष अतिथि अखिल क्रान्तिकारी २५ औं दाङ जिल्ला सम्मेलन आयोजक समिति संयोजक खुमन , अन्य अतिथिहरु नेकपा गढवा गाउँपलिका इन्चार्ज महान , अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय सदस्य अशोका , युवा संगठन नेपाल दाङ जिल्ला सचीव पदम , युवा संगठन नेपालका जिल्ला सदस्य एवं घोराही नगर सचीव शिशिर , अखिल क्रान्तिकारी दाङ २५ औं जिल्ला सम्मेलन आयोजक समिती सदस्य दिपक, हिमाल , तार्जन, दामोदर, ललिता र बिरेन्द्रको उपस्थिति रहेको थियो ।
विपना थापाको स्वागत मन्तव्य बाट शुरुभएको कार्यक्रमको संचालन नवीन केसीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता दोस्रो नगर सम्मेलन आयोजक समिति संयोजक खुम रिजालले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।