मधुसुदन गिरी कमिरेचौर ३ भदौ
दाङको बंगलाचुली ३ कमिरेचौरमा आज तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । समाज विकास सञ्जालको सहयोग तथा साझा विकास मुल समिति बंगलाचुलीको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको हो । परम्परा जोगाऔ विकृति हटाऔ भन्ने मुल नाराका साथ तिज मिलन कार्यक्रम सम्पन्न भएको हो ।
समाज विकास सञ्जालका जेष्ट नागरिक सदस्य गायत्रि नेपालिको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुन सुवासको प्रमुख आतिथ्यतामा उक्त कार्यक्र सम्पन्न भएको हो ।
कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नं ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नं ४ का वडा सदस्य दिपक परियार, नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष पुनले समाज विकास सञ्जाल सँग गाउँपालिकाले सहकार्य गर्न खोजिरहेको र आगामि दिनमा सहकार्य गर्ने बताउनुभयो । उहाँले चाडर्व रचनात्मक रुपमा सहयोगि भावनाका साथ मनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजिकरण उमा बुढाले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।