• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कविताः अन्तिमपटक भेट्नु छ तिमीलाई





मनिषा आचार्य

केही अधुरो कुरा तिमीसँग भेटेर पूरा गर्नु छ
जसरी समयसँग लडेर समयसंगै यो खेल खेल्नुछ
मलाई तिमीसँग अन्तिमपटक भेट्नु छ

भुलिसकें मैले कस्तो रङको टीसर्ट तिमीले लगाएका थियौं
त्यो कुन गीत थियो, जुन तिमीले अन्तिम पटक मेरो लागि गाएका थियौ
त्यो कुन कुरा थियो, जो तिमीले अन्तिमपटक जाने बेलामा भनेका थियौ

त्यो कुन  राज थियो, जुन तिम्रो आँखाबाट आँसु बनेर निस्केको थियो
त्यो भुलिसकेको याद फेरि एकपटक ताजा गर्नु छ
मलाइ तिमीसँग अन्तिम पटक भेट्नु छ

सायद मलाई सबै याद छ
यो सब बहाना हो किनकी मैले तिमीलाई फेरि हेर्नु छ त्यही निलो टिसर्टमा
अन्तिमपटक सुन्नु छ तिम्रो मुखबाट मेरो नाम
अन्तिम पटक सुन्नु छ तिमिले नजाउ भनेको
अन्तिम पटक महसुस गर्नु छ तिम्रो आँसु मेरो हातमा झरेको

बस्, यही कारण त्यो अन्तिम दिन अन्तिम सम्झेरै मलाई बाच्नु छ
त्यो कुरा जुन मैले त्यो दिन भन्न सकिन
त्यो सब कुरा भनेर मन हल्का गराउनु छ
मलाई तिमीसँग अन्तिम पटक भेट्नु छ

भुलिसके मैले मेरो नामको साथ तिम्रो नाम कस्तो सुनिने थियो
रिसाउन त रिसाउन्थियौ तिमी तर दिल कति बेला रुने थियो
जब डराउँथ्यौं त्यतिबेला बेला के गथ्र्यौ तिमी
भुलिसके यो सबै किनकि सायद नाटक गरेछु
मलाई अन्तिम पटक सुन्नु छ मेरो नाम तिम्रो साथमा
अन्तिम पटक कुरा गर्नु छ त्यो कहिले नपुरिने घाउको
अन्तिम पटक महसुस गर्नु छ तिमीले मेरो हात समाएको
अन्तिम पटक हेर्नु छ तिम्रो आँखामा मेरो लागि राखेको मायाँ

बस यसैगरी मरिसकेको याद फेरि ताजा गराएर
थोरै बचाउनु छ एक एक पल महसुस गरी
आफ्नो डायरीको अन्तिम पानामा
बन्द गरेर राख्नु छ यो कहानी

अर्को मोड दिन चाहान्न म तिमीसँग
अरु केही चाहदिन मात्र एउटा चाहाना छ

मेरो तिमीलाई अन्तिमपटक भेट्ने
त्यो हाम्रो अन्तिम भेटहो भने थाहा भएको भय सायद तिमिलाई भुल्न यति ग्राहो हुनेथियन

अनि मैले यो सोचेर मन बुझाउथेकी अव तिमिलाई बाई बनिसके
आज यो सोच्छु अन्तिम पटक भेटेको भए
यो सब कविताबाट भन्नुपर्ने थिएन
फेरि पनि भन्छु– विना कुनै आश अन्तिपटक भेट्नुछ तिमीलाई ।

Facebook Comments