घोराही, ३१ साउन
दाङ देउखुरी होटल व्यवसायी समितीले आगामी भदौ ११ गते शनिवारका दिन गर्ने तिज मिलन तथा दर खाने कार्यक्रम २०७९ का बारेमा जानकारी दिएको छ । समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षतामा आज घोराहीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमका बारेमा जानकारी दिएको हो । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजका अवसरमा राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितीमा घोराहीको होटल माला ईनमा भब्य कार्यक्रम गर्न लागएिको समितीका अध्यक्ष पुनले जानकारी दिनुभएको छ । मौलिक कला संस्कृतिलाई प्राथमिकता दिदै तिज विशेष कार्यक्रम गरिने बताईएको छ । समाजसँग जोडिएका विभिन्न सामाजिक त्रियाकलाप गर्दै आएको समितिले नेपाली नारीहरुको महान् पर्व तिजको मौलिक संस्कृतिलाई जगेर्ना गर्नुका साथै तिजलाई भब्य र सभ्य सफल बनाउन तिज मिलन कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रमका लागी पहिलो चरणको सबै तयारी पुरा भैसकेको पुनले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा राष्ट्रिय कलाकार गायिका टिका पुन, कमल
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।