३१ साउन, प्युठान
प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ सारी प्यूठानमा निर्माण भएको सारी सामुदायिक भवन उद्घाटन भएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना घोराही दाङको आयोजनामा सम्पन्न उद्घाटन कार्यक्रममा संघीय सहरी विकास मन्त्री माननीय मेटमणी चौधरीले भवनको औपचारिक उद्घाटन गर्नु भएको हो ।
मन्त्री चौधरीले पार्टीको कार्यक्रमभन्दा बढि जनताको दैनिकी जनजीवनसँगै जोडिएका पूर्वाधार विकास निर्माणको योजना र कार्यक्रमलाई प्राथामिक्तामा राख्दै आइरहेका छन् ।
मन्त्री चौधरीले निर्माण सम्पन्न योजनाहरुको उद्घाटन गर्दै आवश्यक पूर्वाधार निर्माणको शिलन्यास गरी विकासे योजनाका बिज रोपिरहेका छन् । सकड , खानेपानी, सिंचाई कुलो, पुलपुलेसा, शैक्षिक भवनदेखि सामुुदायिक भवनसम्मको कतै उद्घाटन तँ, कतै शिलन्यासमा कार्यक्रममा दौडधुप चरिरहेको छ ।
मन्त्री चौधरीले दाङ लगाएतका विभिन्न ठाउँहरुमा सिलन्यास र उद्घाटनमा व्यस्त रहनुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।