• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
५० हजारबाट शुरु भएको सहकारीमा साढे दुइ करोड




गढीलेक बचत तथा ऋण सहकारी सस्था होलेरी रोल्पाको ११औँ साधारणसभा सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष ऋषीराम श्रेष्ठको अध्यक्षतामा आयोजीत साधारणसभाको आज शुक्रवार रुन्टीगढी गाँउपालीका प्रमुख बालाराम बुढाले उद्घाटन गर्नुभयो । सभाको उद्घाटन गर्दै प्रमुख बुढाले सहकारीले राज्यको अर्थतन्त्र वलियो वनाईरहेको चर्चा गर्दै केही सहकारीहरुमा समस्या रहीआएको औल्याउनुभयो ।

अव नयाँ सहकारी दर्ता र पुराना सहकारीको सरक्षण तथा खारेजिको अधिकार स्थानीय सरकारमा आइसकेकाले गाउँपालीकाले अव गाउँपालीका भीत्रका सहकारीहरुको सम्भाव्यता तथा अस्तव्यस्तालाई अध्ययण गरी ति सहकारीहरुलाई व्यवस्थीत गर्दै सहकारीका माध्यमवाटै गाउपालीकाले अन्य कार्यक्रहरु जनतामाझ पु¥र्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। उहाँले भन्नु भयो जनताको जिबन स्तर परिबर्तन गर्नको निम्ति रुन्टीगढी गाउपालिकका सम्पुर्ण सहकारीहरुको छाता संघठन बनाउने सोच बनाएका छौँ।

त्यस्तै कार्यक्रममा नेपाली काग्रेस रुन्टीगढी संयोजक जनक पुन,इ.प्र.का होलेरीका सहायक इन्चार्ज धुर्वराज वोहरा,रुन्टीगढी गाँउपालीकाका शिक्षा संयोजक कुलराज आचार्य,उधोग बाणीज्य संघ रुन्टीगढी गाँउपालीकाका संयोजक गोपाल डागीँ , रा.बा.बैङ्क मुन बहादुर बुढा,रिपोर्टस कल्ब रोल्पाका अध्यष एंव रेडियो सुनछहरी एफ.एमका स्टेशनम्यानेजर सन्तोष शर्मा , दिपमाला रोजीन एण्ड टरपीनटाइनका प्रबन्धक टेक ब. थापा लगायतकाले सहकारी सवैको सहकार्य र सामुहीक पुजिले संचालन हुने भएकाले यस्को रेखदेखमा एउटै व्यक्ति मात्रै नभइ सवैले चासो देखाउनपर्नेमा जोड दिएका थिए । साथै कर्जाको सहीसदुपयोग गर्न सकेमात्र सहकारीलाई सवल वनाउन सकीने वताए ।

 २०६४ सालमा २५ जनावाट सुरु गरीयको सस्थामा अहिले करीव एक हजार जना सदश्य रहेका छन भने ५० हजार पुजिवाट सुरुभएको सस्थामा अहिल २ करोड ५८ लाख ८९ हजार ५ सय ३६ रुपँया पुजि सङ्कलन भएको छ । सस्थाका ऋण सयोजक नरेन्द्र डी.सीले प्रस्तुत गर्नुभयको ऋण प्रतिवेदनमा सस्थाले अहिले २ करोड २१ लाख ७२ हजार ४ सय ३९ रुपयाँ रकम  लगानी गरेको छ भने हाल सम्म सस्थामा विस लाख ९ हजार ७ सय ३३ रुपयाँ रकम नाफा रहेको छ ।

सस्थाका उपाअध्यक्ष प्रेमा सुवेदीको स्वागत मन्तव्यवाट सुरु गरीयको कार्यक्रममा सस्थाले विभीन्न क्षेत्रवाट उत्कृष्ट वचतकर्ताहरुलाइ सम्मान गरेको थियो भने कार्यक्रमको सहजीकरण सस्थाका सचिव टिकाराम सेजवालले गर्नुभएको थियो ।

Facebook Comments