मदन बिसी/रुकुमकोट
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाईते भएका सबैलाई हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ।
सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टर मार्फत पहिलो चरणमा सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठ, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी र प्रहरी जवान सन्तोष बुढामगरलाई कोहलपुर शिक्षण अस्पताल लगिएको थियो ।
दोस्रो चरणमा नेपाल प्रहरीका डिएसपी प्रकाश डाँगी र प्रहरी जवान इन्द्र घर्तीलाई लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका लक्ष्मण पुनलाई पनि हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ । आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरा तर्फ जाँदै गरेको नेपाल प्रहरीको लु १ झ ६६० नम्बरको भ्यान तल्लोसेरामा दुर्घटना हुँदा प्रहरी जवान पुनको मृत्यु भएको थियो ।
गाडीमा सवार नेपाल प्रहरीका डिएसपी डाँगी र सशस्त्र प्रहरीका डिएसपी श्रेष्ठ सहित ५ जना घाईते भएका थिए । गाडी सडकबाट करिब १ सय मिटर तल खसेको छ । घटनाको कारण भने खुल्न सकेकाे छैन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।