• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरीमा चारजना पत्रकार सम्मानित




देउखुरी क्षेत्रका क्रियाशिल चारजना पत्रकारलाई दलित सचेतना अभियान दाङले सम्मानित गरेको छ । देउखुरी क्षेत्रमा रहेर समग्र रुपमा देउखुरीको विकास र जातिय भेदभाव तथा छुवाछुत विरुद्ध निरन्तर रुपमा समानतामुलक समाज निर्माण लागि संचारक्षेत्रबाट योगदान पु¥याएको भन्दै सम्मान गरेको हो ।

दलित सचेतना अभियान दाङको १३ औं बार्षिक साधरणसभा तथा चौथो अधिबेसनको अवसरमा पत्रकारलाई सम्मान गरेको हो । पत्रकारलाई शहरी विकास मन्त्री दाङ क्षेत्र नं १ का साँसद मेटमणी चौधरीले सम्मान गर्नुभएको हो ।

सम्मानित हुने पत्रकारहरु गणतन्त्र राष्ट्रिय दैनिक तथा उज्यालो नेटवर्कका देउखुरी प्रमुख शिवु खनाल, नेपाल टेलीभिजन तथा नयाँ युगबोध राष्ट्रिय दैनिकका देउखुरी प्रतिनिधि दशरथ घिमिरे, दाङ समाचार डटकमका सम्पादक, नेपाल लाइफका देउखुरी प्रतिनिधि प्रिया स्मृती गजमेर र पत्रकार अरुण नेपाली हुनुहुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका मन्त्री चौधरीले उक्त कार्यक्रममा दाङ देउखुरी क्षेत्रका विकासको महत्वकांक्षी योजना सुनाउनु भएको थियो । मन्त्री चौधरीले जातिय भेदभाव तथा छुवाछुत अन्त्यको लागि सचेतना आवश्यक रहेको बताउनुभयो ।।

Facebook Comments