बर्षाको कारण आएको पहिराले सडक बन्द भएपछि रुकुम पश्चिममा एक सुत्केरी महिलाको स्वास्थ्य अवस्था गम्भिर भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका २, पानीगैराकी २७ बर्षिया करिश्मा पुनको अवस्था गम्भिर अवस्थामा पुगेको हो ।
स्वास्थ्य सस्था पु¥याउनको लागि बिहान ६ बजे घरबाट हिडालिएकी उहाँले बाटोमै बच्चा जन्माउनु भएको र अत्याधिक रक्तश्राव हुँदा बेहोस हुने गरेको करिश्माकी सासुआमा कौशिला पुनले जानकारी दिनुभयो ।
करिश्मालाई शुक्रबार साँझबाट नै सुत्केरी व्यथा लागेको थियो । ‘गाउँमा बिरामी बोक्ने स्टेचर पनि पाईएन, दुई घण्टा हिडेर माथी गाउँ पुगेको बेला बच्चा जम्मियाे,’ करिश्माको साथमै रहेकी कौशिलाले भन्नुभयो, ‘झाडितिर लिएर बच्चा निकाल्यौ, निरन्तर रगत बगिरहेको छ ।’ उहाँले करिश्माको बेहास हुँदै होश आउँदै गरेको बताउनुभयो । स्थानीयहरुले स्टेचर खोजिरहेको तर स्वास्थ्य चौकीसम्म पु¥याउन मुश्किल भैरहेको उहाँले जनाउनुभयो ।
बर्षाको कारण रुघाँ – सिम्रुतु सडकखण्डमा आएको पहिरोको कारण दुई हस्ता देखि उक्त सडक अवरुद्ध रहेको छ । उक्त सडकखण्ड खुलाउने प्रयास कहिकतैबाट नहुँदा स्थानीयले सास्ती पाईरहेको बताएका छन् । स्थानीय सरकारले समेत यस कार्यमा बेवास्ता गरेको स्थानीयको आरोप छ ।
स्रोतः मूलपाटी डट कम
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।