मदन बिसी/हिक्मत पोर्तेल
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ११ सेरा दुर्घटनाका घाइतेलाई उपचारका लागि नेपालगंज लगिएको छ ।
नेपाली सेनाको हेलिकोप्टरबाट तिन घाइतेलाई नेपालगंज लगिएको हो । दुर्घटनामा परिे गम्भिर घाइते भएका शसस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठ सहित अन्य दुई प्रहरी जवानलाई नेपालगंज लगिएको प्रहरीले जनाएको छ । आज विहान ११ बजे लु १ झ ६६० नम्बरको प्रहरीको टाटा भ्यान तल्लो सेरामा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी र शसस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठ सहित अन्य चार प्रहरी जवान घाइते भएका थिए । घाइते मध्य एक प्रहरी जवानको मृत्यु भएको छ ।
मध्यम घाइते नेपाल प्रहरीका डिएसपी डाँगी र एक प्रहरी जवानलाई लिन पुनः नेपाली सेनाको हेलिकोप्टर सेरा आउने प्रत्यक्षदर्शी हिक्मत प्रोतेलले जानकारी दिनुभएको छ । घाइते पाचँ जनालाई एकै पटक लिन सम्भव नभएपछि दुई चरणमा घाइतेको उद्धार गर्न लागिएको हो ।
इलाका प्रहरी कार्यालय तह अनुगनमका लागि दुई डिएसपी सहितको टोली जिल्ला सदरमुकाम रुकुमकोटबाट आज विहान पुथा उत्तरगंगा गाउँपालिको केन्द्र तक हिडेको थियो । तक भन्दा करिव दुई किलोमिटर अगाडि प्रहरीको भ्यान दुर्घटनामा परेको प्रत्यक्षदर्शी प्रोतेलले बताउनु भएको छ । भ्यान सडकबाट करिब एक सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएकार छन् ।
यो पनि पढ्नुहोस्ः
रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटनाः एक प्रहरीको मृत्यु, डिएसपीसहित पाँच घाइते
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।