मदन वि.सी/रुकुमकोट
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ सेरामा नेपाल प्रहरी र शसस्त्र प्रहरीका डिएसपी सवार प्रहरीको भ्यान दुर्घटनामा परेको छ ।
लु १ झ ६६० नम्बरको टाटा भ्यान तल्लो सेरामा दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मृतकको नाम खुलेको छैन । उक्त भ्यान जिल्ला सदरमुकाम रुकुमकोटबाट तकसेरा जाँदै गरेको थियो ।
आज बिहान ११ बजेतिर भएको दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी र शसस्त्र प्रहरीका डिएसपी सहित ३ जना प्रहरी जवान तथा गाडी चालक घाइते भएको पुथाउत्तरगंगा गाउँकार्यपालिकाका प्रवक्ता टिकासाई घर्तीले जानकारी दिनुभएको छ ।
घाइते मध्य केहिको अवस्था गम्भिर रहेको घर्तीले बताउनुभयो । उहाँकाअनुसार दुवै डिएसपीको अवस्था भने सामान्य रहेको छ । इलाका प्रहरी कार्यालय तक अनुगनमका लागि डिएसपी साबहरुको टोली तक गएको एक प्रहरीले जानकारी दिएका छन ।
घटनाको थप विवरण आउँन बाँकी छ । घाइतेलाई लिन सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उडिसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूृर्वले जनाएको छ । गाडि सडकबाट करिब १ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।