• १७ जेष्ठ २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एकीकृत समाजवादीको वडा बैठक तथा भेला सम्पन्न




नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) घोराही उपमहानगरपालिका वडा नं.१६ को वडा कमिटी बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष भिमविक्रम खत्रीको अध्यक्षता एवं पार्टी केन्द्रिय सचिव भागत विश्वासीको प्रमुख आतिथ्यतामा आज बाघखोर सामुदायिक वनको भवन बाहुनडाँडामा सम्पन्न भएको हो ।No description available.

बैठकमा पार्टी कामको समिक्षा गर्दै “पार्टीको विषेश राष्ट्रिय अभियान” लाई वाडमा सफल बनाउन विविध योजना निर्माण गरेको छ ।

उक्त बैठकमा केन्द्रिय सदस्य शारदा स्वर्णकार, केन्द्रिय परिषद सदस्य राम प्रसाद चौधरी, घोराही नगर अध्यक्ष गजेन्द्र सिंह खड्का, पार्टी प्रदेश कमिटी सदस्य एवम पदे्रश २ (ख) का ईन्चार्ज देउमान दमाइ, लगायतले संबोधन गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा (एमाले) का किरण चौधरीको १२ जनाले एमाले परित्याग गरि समाजवादीमा प्रवेश गर्नु भएको छ । नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय सचिवले टिकालगाई प्रवेश गराइएकको थियो ।

जिल्ला कमिटी सदस्य झुमा गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको संचालन सचिवालय सदस्य हर्क राज खत्रीले गर्नु भएको थियो ।

आजै घोराही १९ सैघाको वाड भेला सैघाको पलासेमा सम्पन्न भएको छ । वाड ईन्चार्ज रेगबहादुर घर्तीको अध्यक्षतामा र पार्टी जिल्ला अध्यक्ष शुरामणि बेलबासेको प्रमुख आतिथ्यता सम्पन्न भेलाले हुमबहादुर रानाको अध्यक्षता २७ सदस्यीय वाड कमिटी निर्माण गरेको छ ।

भेलालाई पार्टीका २ (क) का ईन्चार्ज विनोद पुन, प्रदेश कमिटी सदस्य कृष्ण दमाइ लगायतले संबोधन गर्नु भएको थियो ।

Facebook Comments